संक्रमित र तिनका परिवारलाई अपहेलना नगरौँ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ३०, २०७८ बिहिबार १७:५:२९
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-15_IoRi4H2tDV.jpg)
३० वैशाख, टीकापुर । कैलालीमा कोरोना सङ्क्रमितले भोग्ने स्वास्थ्य समस्याभन्दा संक्रमितका परिवारले भोग्ने सामाजिक अपहेलना झन डरलाग्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको बेला छरछिमेकमा सद्भाव कायम राख्न आग्रह गरेको छ तर समुदायमा संक्रमितका परिवारले अपहेलना भोगिरहेको गुनासो गर्न थालेका छन् ।
टीकापुरको ब्लक नं ‘सी’ का एक युवक संक्रमित भए । युवक संक्रमित भएपछि उनको परिवारले सामाजिक अपहेलना भोगेको बताए । “बाहिर निस्कियो कि छिमेकीले नै कोरोना सार्न निस्किएको हो भन्न थाले, खाद्यान्न तरकारी पनि किन्न पाइएन, पसलेले पनि सामान दिन मानेनन्”, युवककी श्रीमतीले भने, “रातिको समयमा टाढाका पसलमा मुख छोपेर अत्यावश्यक सामान खरिद गरेर ल्याएँ ।”
श्रीमान् बिरामी भएको पीडा हुँदाहुँदै छिमेकीले गरेको व्यवहारले थप पीडा दिएको उनले बताए। “अपराधीलाई जस्तै व्यवहार गरे, करिब २० दिन निकै गाह्रो भयो”, उनले भने, “मनोबल उच्च बनाउने समयमा दुव्र्यवहार सहनुपर्दा पीडा हुनेरहेछ ।”
जानकी गाउँपालिकाका ४३ वर्षीय अर्का युवक भारतमा रोजगारी गुमेपछि स्वदेश फर्किए । स्वदेश फर्केको ती दिनपछि उनलाई स्वास्थ्य समस्या शुरु भयो । उनले पिसिआर परीक्षण गर्दा नतिजा पोजिटिभ आयो । “मसँगै परिवारका अन्य सदस्यसमेत बिरामी भए । सबैलाई स्वास्थ्य समस्या शुरु भयो । संक्रमित छौँ भनेपछि अरुलाई जोखिम नहोला भनेर छिमेकीलाई भन्यौँ”, युवकले भने, “म त समुदायबाटै एक्लो भएँ, मेरो घरमा छिमेकीले हेर्न पनि छोडे । अहिले हामी सबै निको भइसक्यौँ तर हाम्रो घरतिर न कोही हेर्छन्, न बोल्छन् ।”
समाजमा होम आइसोलेशनमा बसेका मानिसलाई असल छिमेकीले आवश्यक खाद्यान्न, अन्य सामग्री र औषधि किनेर ल्याइदिनु पर्ने हो तर सङ्क्रमित वा सङ्क्रमणको शङ्का लागेका परिवारलाई समाजमा दुव्र्यवहार गर्न थालिएको छ । अझ बजार क्षेत्रमा कोठा भाडामा बस्नेलाई बढी कठिनाइ छ । कोठा भाडामा बस्नेहरु सङ्क्रमित भइहाले कोठा छोड्नुपर्ने डरले परीक्षणमा समेत जान सकेका छैनन् । टीकापुर १ ब्लक ‘बी’ मा स्थानीय सहकारीमा कार्यरत एक महिलाको परिवार बस्छ । श्रीमान् भारतमा रोजगारी गर्र्छन् । एक सातादेखि महिला र महिलाका दुई बच्चा बिरामी छन् । “छिमेकीले शङ्का गरेका छन् तर बिसञ्चो हुँदा पनि समस्या छैन भन्नुपरेको छ”, महिलाले भनिन्, “धारा र शौचालय एउटै छ । बिरामी भए कोठा खाली गर्नु भन्लान् भन्ने डरले लुकेर औषधि गर्न गयौँ ।”
संक्रमण फैलिनबाट बच्नु आफैँमा बुद्धिमानी हो तर संक्रमण भइहालेमा सङ्क्रमित बचाउन सबैको सहयोग आवश्यक हुन्छ । संक्रमित र तिनका परिवारका लागि आवश्यक सहयोग सबै क्षेत्रबाट हुनुपर्ने समाजशास्त्री शिवचरण चौधरी बताउँछन् । “संक्रमितलाई परीक्षण र उपचारका लागि अस्पतालसम्म जाने वातावरण समुदायले बनाइदिनुपर्छ । उनीहरुले आवश्यक सामानमात्र होइन, औषधि, एम्बुलेन्स आदिका लागि तड्पिनुपरेको छ”, उनी भन्छन्, “यस्तो कठिनाइ भोग्नुपर्दा उनीहरुको मनोबल कमजोर हुन्छ । मनोबल बढाउने काममा सबै सहयोगी बन्नुपर्छ । दूरी कायम गरेर सहयोग गर्दा सबैलाई सहज हुन्छ ।”
टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स तथा मनोसामाजिक परामर्शकर्ता कल्पना खड्का कोरोना भाइरसको संक्रमण फैलिरहेकाले यसबाट बच्नका लागि दुव्र्यवहार गर्न आवश्यक नभएको बताउँछन्। “अप्ठ्यारो तथा समस्यामा चाहिने भनेकै छिमेकी हो । छिमेकी बिरामी भएर छटपटाइरहेका बेला उसलाई आवश्यक सहयोग गर्न कञ्जुस्याईं गर्नु गलत हो”, खड्का भन्छन्, “चिकित्सक तथा स्वास्थ्यकर्मीले कसरी सेवा गरिरहेका छन् ? उनीहरुलाई पनि त मृत्युको डर होला ? चिकित्सकले यो समयमा गरेको सेवाबाट केही सिकौँ ।” स्टाफ नर्स खड्का समाजमा सद्भाव बचाइराख्न अप्ठेरोमा रहेकालाई सहयोग गरे अस्पतालमा पनि बिरामीको भीड कम हुने बताउँछन् । “अस्पतालहरुमा धान्नै नसकिने भीड छ, दूरी कायम गरेर सुरक्षित तवरले एक अर्कालाई सहयोग गरौँ”, उनले भने, “यो बेला धेरै मानिस आत्तिएर मरिरहेका छन् । मानिसलाई शान्त रहन प्रोत्साहन गरौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
शहरमा नयाँ 'नव्य नाचघर' : जहाँ आजदेखि मन्चन हुँदैछ नृत्य नाटक ‘प्रेमारम्भ’
असार २१, २०८१ शुक्रबार
भूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
पहिरोले गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध
असार २१, २०८१ शुक्रबार
सरकारबाट फिर्ता भएको जानकारी संसद सचिवालयलाई दिएर प्रतिपक्षमा पुग्यो एमाले
असार २१, २०८१ शुक्रबार
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा
असार २१, २०८१ शुक्रबार
जिपी फाउण्डेशनद्वारा बाल आश्रमलाई नगद सहयोग
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
कुश्मा–ज्ञादी झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि सवारीसाधन सञ्चालनमा रोक
असार २१, २०८१ शुक्रबार