संसदबाट नीति कार्यक्रम पास नहुने र वैकल्पिक सरकार पनि नबन्ने देखियो: भट्टराई
नेपालबहस संवाददाता
जेठ ४, २०७८ मंगलबार १६:१४:३१
४ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओली सरकारले नीति कार्यक्रम संसदबाट पास गर्न पनि नसक्ने र बैकल्पिक सरकार नबन्ने दिशामा मूलुक गएको बताएका छन् ।
एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा फस्न लागेको र संविधानका स्तम्भ एकाएक गरी ढल्दै जाने दिशातर्फ मूलुक प्रवेश गरेको टिप्पणी गरेका हुन ।
‘देश गम्भीर संकटमा फस्दैछ’ भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध । ‘न ओली सरकारले नीति, कार्यक्रम र बजेट पास गर्न सक्छ । न वैकल्पिक सरकार बन्न । संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् । सबै पार्टी, नेता निरीह । सर्पको मुखका भ्यागुता । अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ? भट्टराईले ट्वीटरमा लेखेका छन् ।
जसपा विभाजनको संघारमा पुगेको बेला जसपा नेता भट्टराईबाट आएको यस अभिव्यक्ति अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
ताइवानको राष्ट्रपतिको रूपमा लाइ चिङ तेहले लिए शपथ
जेठ ७, २०८१ सोमबार
मर्यादापालक लगाएर प्रधानमन्त्री पुगे रोष्ट्रम, कांग्रेसको नाराबाजी जारी
जेठ ७, २०८१ सोमबार
कुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भएको आगलागीको विवरण संकलन गरिँदै
जेठ ७, २०८१ सोमबार
८ नम्बरमा पर्यो उपेन्द्रको रिट, ढुंगानाको इजलासमा सुनुवाइ
जेठ ७, २०८१ सोमबार