वनहराका मुक्त कमैयालाई घर खर्च चलाउन धौधौ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
असार ७, २०७८ सोमबार १६:३०:९
![](https://nepalbahas.prixacdn.net/media/albums/kisan-4_WIfoFG5nim.jpg)
७ असार, कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहरा मुक्त कमैया बस्तीका जानकी रानालाई घर खर्च चलाउन धौधौ भएको छ । बस्ती नजिकै बग्ने वनहरा नदीको बगरमा प्रत्येक वर्ष तरकारी खेती गरेर उनले आम्दानी लिँदै आइएको थियो ।
यस वर्ष कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै गरिएको दुई महिने बन्दाबन्दीले उनको जनजीवन असहज बनाइदिएको छ । तरकारी बेच्नका लागि तयार भएकै बेला बन्दाबन्दी हुँदा थोरै मात्रै बिक्री हुन पाएको छ । “छ वर्षदेखि बगरमा तरकारी लगाउँदै आएका हौँ”, उनले भने, “बगरमा उत्पादित लौका, करेला, काँक्रा, फर्सी, तरबुजा बेचेर वर्षभरिको खर्च धानिन्थ्यो । बन्दाबन्दीले तरकारी बेच्न नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्था आएको छ ।”
उनका अनुसार बन्दाबन्दीले गर्दा मजदुरी पाइँदैन । मेहनत गरी लगाएको तरकारीबाट आम्दानी लिन पाइएको छैन । नदीको बगरमा तरकारी खेती गर्दै आएका प्रतिव्यक्तिले वार्षिकरूपमा रु ७० हजारदेखि एक लाखसम्म कमाउँदै आएका थिए ।
यस वर्ष छिट्टै भएको बन्दाबन्दी र मौसममा आएको परिवर्तनका कारण नदीमा जेठ महिनामै बाढी आउँदा मुक्त कमैया परिवारले बगर खेतीबाट आम्दानी लिन नसकेका हुन् । बगरमा उत्पादित तरकारी बेचेर रु १० हजारदेखि रु २० हजारसम्म केही परिवारले आम्दानी गरेका छन ।
बगरमा तरकारी खेती गरेका लक्ष्मी चौधरीले थोरै मात्रै तरकारी बेच्न पाएको बताए । बगरमा तरकारी भर्खरै बेच्नका लागि तयार हुँदै गरेको बेला भएको बन्दाबन्दीले बेच्न नपाएको उनले बताए । “प्रत्येक वर्ष पूर्वपश्चिम राजमार्ग छेउमै बसेर उत्पादित तरकारी बेच्थ्यौँ । कोरोनाको संक्रमणका डरले सडकछेउमा बसेर तरकारी बेच्न गाह्रो परेको छ”, उनले भने, “डरैडरले तरकारी बेच्नका लागि सडकछेउमा बसे पनि पहिला जस्तो ग्राहक खरिद गर्न आउँदैनन् । त्यसैले पनि थोरै आम्दानी हुन थालेको छ ।”
भारतीयहरुले नदीका बगरमा तरकारी लगाएको देखेर तरकारी रोप्ने, खेत तयार गर्ने, मल राख्ने सीपबारे जानकारी लिएर वनहरा बस्तीका मुक्त कमैया परिवारले बगरमा तरकारी खेती गर्दै आएका हुन् । दश बिघा बगरमा ६० परिवारले बर्सेनि तरकारी खेती गर्दै आएका छन् ।
विगतमा इँटाभट्टामा काम गर्दै आएका तौला रानाले तरकारी खेतीबाट गाउँका बासिन्दाले गतिलो आम्दानी गरेको देखेर मजदुरी गर्न छाडेको थियो । आम्दानी पनि प्रतिवर्ष गतिलो लिँदै आइएको थियो । मजदुरी गर्दा मासिक रु आठ हजार मात्रै उनले पारिश्रमिकका रूपमा पाउने गर्थे ।
“तरकारी खेतीमा लागेपछि मासिक रु ३० हजार जति आम्दानी आउन थालेपछि यसमै लोभिएँ”, उनले भने, “बन्दाबन्दीले उत्पादित तरकारी थोरै मात्रै बिक्री हुँदा परिवारको खर्च चलाउन निकै समस्या भएको छ ।”
माघ महिनामा लौका, काँक्रा, फर्सी, तरबुजा र खरबुजाको बीउ बालुवामा रोपेर वैशाखको पहिलो हप्तादेखि असार महिनासम्म फलेको तरकारी बेच्दै आएका छन् तर यस वर्ष नदीमा छिट्टै आएको बाढीले तरकारी बगाएर लगेको छ । बन्दाबन्दीले गर्दा बचेको तरकारी पनि बिक्री नहुँदा मुक्त कमैँया परिवार चिन्तित छन ।
गत वर्ष बगरमा तरकारी खेतीमा संलग्न मुक्त कमैया परिवारले १० बिघा बगरमा तीन हजार क्विन्टल तरकारी उत्पादन गरेका थिए । यस वर्ष उत्पादन राम्रै भए पनि आधाभन्दा कम मात्रै तरकारी बिक्री गरेका छन् । बन्दाबन्दीका कारण उत्पादित तरकारी बाह्य क्षेत्रमा बिक्रीसमेत हुन नपाएको मुक्त कमैया परिवारको भनाइ छ । कञ्चनपुरका स्याली, सनवोरा, वनहरा, दोदा, चौधरलगायतका नदीका बगरमा तरकारी खेती हुनेगरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
शहरमा नयाँ 'नव्य नाचघर' : जहाँ आजदेखि मन्चन हुँदैछ नृत्य नाटक ‘प्रेमारम्भ’
असार २१, २०८१ शुक्रबार
भूजीखोलाका बाढीपीडित ठूलो वर्षा हुँदा राम्रोसँग निदाउन सक्दैनन्
असार २०, २०८१ बिहिबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
ओली नेतृत्वमा एक मात्रै उपप्रधानमन्त्री हुने कुराले विष्णु पौडेल तनावमा
असार २०, २०८१ बिहिबार
लुम्बिनीमा सरकार बनाउन एमालेले थाल्यो पहल, प्रदेश प्रमुखलाई प्रक्रिया सुरु गर्न पत्र
असार २१, २०८१ शुक्रबार
ग्वार्को फ्लाई ओभर निर्माण तयारी तिव्र ( फोटो फिचर )
असार २१, २०८१ शुक्रबार
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले विश्वासको मत फेस गर्नुपर्छः नेपाल
असार २१, २०८१ शुक्रबार
ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार
असार २१, २०८१ शुक्रबार
आमाको हत्या आरोपमा छोरा पक्राउ
असार २१, २०८१ शुक्रबार