पाँच लाख घरधुरीमा पुग्यो बर्ल्डलिंकको इन्टरनेट सेवा, डायलअपदेखि एफटीटीएचसम्मको साढे दुई दशकको यात्रा
नेपालबहस संवाददाता
असार १९, २०७८ शनिबार १९:४३:१२
१९ असार, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी बर्ल्डलिंक कम्युनिकेसन्सको सेवा ५ लाख घरधुरीमा पुगेको छ । तीव्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी बर्ल्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको हो ।
नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले बर्ल्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ बर्ल्डलिंक एक्लैले प्रयोग गर्ने कम्पनीले जनाएको छ । बर्ल्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रसहित नेपालका ७३ जिल्लामा पुगेको छ । बर्ल्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।
यसै बीचमा बर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आव २०७६/०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । बर्ल्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिब ४ हजार जनाले रोजगारी पाएको जनाएको छ ।
बर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको बताएको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउँँदै आएको दावी गरेको छ । दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेको उसको भनाई छ । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको बताएको छ ।
बर्ल्डलिंक कम्युनिकेसन्समा बेलायती सरकारको संस्था सीडीसी ग्रुपको समेत लगानी रहेको छ । कम्पनीका अनुसार बर्ल्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपीटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटी सेवा प्रदान गर्दै आइरहेको छ ।
बर्ल्डलिंकको सुरुआत संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गरेका थिए । त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको सुरुआत भएको थियो । संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको माध्यमबाट धेरै कठिन मार्गहरू पार गर्यो । कम्पनीको संचालकहरु दिलीप अग्रवाल, मनोज अग्रवाल, स्वर्गीय विजय जालानको बर्ल्डलिंक विस्तारमा महत्वपूर्ण योगदान रह्यो ।
बर्ल्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए । आजको दिन बर्ल्डलिंकका लागि गर्वको क्षण हो, उनले भने, हाम्रो परिवार ५ लाखको ठूलो परिवार बनेको छ । यो विशाल आधार हाम्रा ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको हो । उनले ग्राहकहरूको सेवा गर्न समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् । अग्रवालले कम्पनीको सेवामा संतुष्ट बनाउन आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको पनि स्मरण गराएका छन् । हामी सबैले कडा परिश्रम गर्नुपर्दछ । ग्राहक सेवा र त्यसको गुणस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाका धेरै क्षेत्रको विद्युत् आपूर्ति अवरुद्ध, लाइन बनाउनै समस्या
असोज १२, २०८१ शनिबार
खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित, भिजिबिलिटी कम
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार