अदुवा र बेसारखेतीतर्फ किसान आकर्षित
नेपालबहस संवाददाता
साउन ३, २०७८ आइतबार १८:२२:१९
◊कृष्ण न्यौपाने
३ साउन, दमौली । तनहुँको घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले विगत केही वर्षदेखि अदुवाखेती गरिरहेको छ । शुरुमा निर्वाहमुखी रुपमा मात्रै अदुवाखेती गरेका थापाले गत वर्षदेखि अदुवाखेतीलाई व्यवसायिक बनाएको छ ।
घिरिङ गाउँपालिकाले अदुवाखेती गर्ने किसानलाई अनुदानको व्यवस्था गरेपछि थापाले अदुवाखेतीलाई व्यवसायिक बनाएको हो । “अदुवाखेती गरेको त थुप्रै वर्ष भयो तर बेच्ने हिसाबले भन्दा पनि आफैले प्रयोग गर्ने गरी खेती गरिरहेको थिएँ”, उनले भने, “तर स्थानीय सरकारले व्यवसायिक रुपमा खेती गर्नेलाई अनुदान दिने व्यवस्था मिलाएपछि यसलाई व्यावसायिक बनाउनेतर्फ लागेँ ।” हाल उनले चार रोपनी क्षेत्रफलमा अदुवा खेती गरिरहेको छ ।
घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले पनि दुई रोपनी क्षेत्रफलमा बेसारखेती गरिरहेको छ । “रोपनी भन्दामाथिको जग्गामा खेती गर्नेलाई अनुदान दिने व्यवस्था ल्याएपछि खेतीलाई विस्तार गरेँ,” उनले भने, “अनुदानले हामी जस्ता किसानलाई राहत मिलेको छ ।”
घिरिङ गाउँपालिकाले अदुवा र बेसारखेती गर्ने किसानलाई अनुदानको व्यवस्था मिलाएपछि किसान यसतर्फ आकर्षित भएका छन् । गाउँपालिकाले गत आर्थिक वर्षमा गाउँपालिकाभित्रका नौ किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । निर्वाहुमखी खेती गर्ने किसानलाई व्यवसायिक बनाउँदै गाउँपालिकालाई अदुवा र बेसारमा आत्मनिर्भर बनाउन अनुदानको व्यवस्था मिलाइएको गाउँपालिकाका अध्यक्ष रनबहादुर थापाले जानकारी दिए । “यो शुरुवात हो, प्रत्येक वर्ष किसानलाई उत्पादनका आधारमा अनुदान दिन्छौ,” उनले भने।
उनका अनुसारप्रति रोपनी रु पाँच हजारका दरले किसानलाई अनुदान वितरण गरिएको छ । अदुवाखेती गर्ने सात किसानलाई रु एक लाख ४० हजार र बेसारखेती गर्ने दुई किसानलाई रु २० हजार अनुदान दिइएको छ । अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–२ चिन्ने खोलाका शेरबहादुर थापाले चार रोपनीबापतको रु २० हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका–१ अत्रौलीका यदुराज पोख्रेलले रु दश हजार, बेसारखेती गर्ने घिरिङ गाउँपालिका–१ अत्रौलीका रोमनाथ पोख्रेलले रु दश हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–३ नेवापानीका लोकबहादुर गुरुङले रु ३० हजार, अदुवाखेती गर्ने घिरिङ गाउँपालिका–५ किटियाका मीनबहादुर थापाले रु २५ हजार, अदुवाखेती गर्ने घिरिङ–५ मान्फका टोलबहादुर थापा, ओमबहादुर थापा, सोमबहादुर थापा र शेरबहादुर थापाले रु ६५ हजार प्राप्त गरेको छ ।
गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिने व्यवस्था आगामी आर्थिक वर्षमा पनि मिलाएको अध्यक्ष थापाले बताए । “यसले गर्दा किसान यसको खेतीतर्फ आकर्षित हुने विश्वास लिएका छौ,” उनले भने ।
गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाईसमेत अनुदान वितरण गर्दै आएको छ । गाउँपालिकाले लसुन र प्याजखेती गर्ने किसानलाई पनि प्रति रोपनी रु पाँच हजारका दरले अनुदान रकम वितरण गरेको छ । गाउँपालिका अनुसार १८ जना किसानलाई उक्त अनुदान रकम वितरण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
आकासे पानीमा निर्भर बैतडीका किसानलाई रोपाइँको चटारो
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते
असार २४, २०८१ सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
असार २४, २०८१ सोमबार
फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल
असार २४, २०८१ सोमबार
अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिबारे गभर्नरसँग छलफल गर्ने
असार २४, २०८१ सोमबार
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
असार २४, २०८१ सोमबार