६० हजारको लोभले १५ वर्ष जेल !
नेपालबहस संवाददाता
साउन ७, २०७८ बिहिबार २०:६:१८
७ साउन, चितवन । जिल्लाको कोराकका एक चेपाङले रु ६० हजारको लोभले १५ वर्ष जेल जीवन बिताउनु पर्याे । जेल जीवन त पूरा भयो तर आफ्नो जीवनका बाँकी समय पनि उहाँका पश्चाताप र नैराश्यतामा बितेका छन् ।
पुख्र्यौली सम्पत्ति भएकाले परिवारको विछोड त भएन सुख र चैन भने परिवारमा कहिल्यै मिलेन । राप्ती नगरपालिका–१० कोराकका ५९ वर्षीय वीरबहादुर प्रजा (चेपाङ) ४१ वर्षको उमेरमा दुर्लभ एकसिङ्गे गैँडाको खाग तस्करी मुद्दामा पक्राउ परे । तीन वर्ष अघि आफ्नो १४ वर्ष आठ महिना जेल जीवन बिताएर घर फर्किएका प्रजाले आफ्नै घरमा व्यवसाय थालेकाे छ ।
जिल्लाको पहाडी क्षेत्रमा पर्ने कोराकको समिटारको उनको निवासमा पुग्दा उहाँ काममा व्यस्त थियाे । घरमै मदिरा पसल शुरु गरेका प्रजाले छुट्टै कोठामा आफ्ना बेदना पोख्दै गर्दा उनका आँखा आँशुले रसाएका थिए । विगतको जेलजीवन र त्यसपछिका उनका दिन त्यति सुखी र खुशी छैनन् । चितवन, काठमाडौं, वीरगञ्ज र पोखराका कारागारमा बस्दाको समय सम्झँदै उनले भने, “रगतको आँशु बगाएर जेल जीवन पार गरेँ, यो कुकर्ममा जार पनि नलागोस् र जेल जान नपरोस् ।”
त्यसो त उनी रु ६० हजार पाउने लोभमा फसे । घिसिङ थरका एक व्यक्तिसँगै दुर्लभ एकसिङ्गे गैँंडा शिकारका क्रममा भरिया बनेर उनी निकुञ्ज पुगे । तस्कर टोलीको भरियाको काम उनले गरे । काम फत्ते भएमा रु ६० हजार पाउने लोभ उनलाई दिइयो । उनी दुई पटक गरेर रु १५ हजार मात्रै पाएको बताउछन् । त्यही बीचमा वि सं २०५९ सालतिर घिसिङ समातिएको र उसैका कारण आफू पक्राउ परेको उनको भनाइ छ ।
पक्राउ पर्ने थाहा पाएपछि लुक्न भारत जाने भन्दै पर्साको ठोरी पुगेका प्रजा त्यहाँबाट पारी जान सक्नुभएन । दुई महिनाको आवतजावतपछि ठोरीबाट उनी पक्राउ परे । विसं २०५८ तिर भरियाको काम गरेको स्मरण गर्दै उनले भने, “रासन पानी बोकेर पैसा पाइन्छ भनेपछि यो कुकर्ममा लागियो ।” राप्ती नदी तरेर जङ्गलमा बस्दै गर्दा पक्राउ परेर कारवाहीमा परिन्छ भन्ने थाहा भए पनि लुकेर बचिन्छ भन्ने लागेर यस्तो कार्यमा लागेको प्रजा बताउछन् ।
त्यति बेलाको रु ६० हजार धेरै हुने र आर्थिक अभावले गर्दा यो कुकर्ममा लागेको उनको भनाइ छ । त्यति बेलाका साथी दौतरीका गाउँमा घर बनेका छन् कतिपयको शहरमा घरसँगै गाडी रहेको सुनाउँदै उनले आफ्नो अवस्थालाई आफैले हेर्दा लाज भएको दुखेसो गरे । उनले भने, “उमेर पनि फालियो, समय पनि बित्यो, केही गर्न पनि सकिएन ।”
आँखाभरी आँशु पार्दै उनले जीवनको पहिलो र अन्तिम भूल यही नै भएको सुनाए । बाबुको एकमात्रै सन्तान प्रजाले बाबुले जोडको दुई बिघा पाँच कठ्ठा जग्गामध्ये बिक्री गरेर अहिले एक बिघाहा आठ कठ्ठा मात्रै बाँकी छ । जेलबाट छद्दै गर्दा निकुञ्जमा रु चार लाख जरिवानासँगै वकिल र आउजाउलगायतका खर्चमा रु। नौ लाखभन्दा बढी सक्किएको उनको भनाइ छ । उनले भने, “मान्छेले गरेका गलत काम ढिलो छिटो बाहिर आउँछ ।”
जेल जीवनपछि समाजमा बाच्न पनि कठिन सङ्घर्ष गरिरहनु परेको उनले गुनासो गरे । “अगाडिबाट नभने पनि गैंँडा चोर्न गएछ, १५ वर्ष जेल बसेर फर्किएको छ भनेर भन्छन्”, उनले गुनासो गर्दै भने “चोरीमा गएको पनि हो, जेल पनि बसेकै हो, तर तारन्तर भनिरहँदा दिक्क लाग्छ ।”
भूकम्प प्राधिकरण र चेपाङ आवास कार्यक्रमले भत्किएको घर बनाईदिएपछि त्यही घरमा उनले व्यवसाय शुरु गरेको छ । जग्गा धितो राखेर रु २० लाख ऋण लिएर व्यवसाय थाल्नुभएका प्रजा विगतलाई भुल्ने प्रयास गर्दै भेट हुनेहरुलाई आपराधिक गतिविधिमा नलाग्न र संरक्षणमा जुट्न सुझाव दिन्छन् । आफ्नो गाउँको सामुदायिक वनमा संरक्षण गरेर विगतको पापलाई पखाल्ने सोचमा उनी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
असार २३, २०८१ आइतबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते
असार २४, २०८१ सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
असार २४, २०८१ सोमबार
फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल
असार २४, २०८१ सोमबार
अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिबारे गभर्नरसँग छलफल गर्ने
असार २४, २०८१ सोमबार
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार
देशका विभिन्न स्थानमा रहेका ८० खानी खोजतलास गर्न अनुमति
असार २४, २०८१ सोमबार