प्रविधिले लेखकलाई पुस्तक लेख्न सघाउछ ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
साउन २६, २०७८ मंगलबार १९:९:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/lekhak_nauZgQjdCv.jpg)
२६ साउन, काठमाडौं । अहिले धेरै जसो मानिस कोरोना भाइरस महामारीका कारण निषेधाज्ञाका कारण मानिसहरु घरभित्रै बसे । धेरै जना यसरी घरभित्र बस्दा समय सदुपयोग कसरी गर्ने, के–के गर्ने भन्ने कुराको राम्रो उदाहरण बनेको छ, के प्रविधिले लेखकलाई पुस्तक लेख्न सघाउन सक्छ ।
प्रसिद्ध अमेरिकी लेखक मार्क ट्वेन उपन्यास लेख्न सिक्न सकिन्छ भन्ने मानिसहरूको खिसीटिउरी गर्थे। उपन्यास लेख्ने प्रतिभा नलिई जन्मेको व्यक्तिले उपन्यास लेख्न प्रयास गर्दा निकै गाह्रो हुन्छ, उनले भन्थे। त्यो व्यक्तिसँग कथाको स्पष्ट खाका हुँदैन। वास्तवमा ऊसँग कथा नै हुँदैन।
ब्रिटिश लेखक स्टीभन फ्रे यो कुरालाई अर्कै हिसाबले प्रस्तुत गर्छन्। उनको विचारमा जसलाई पुस्तक लेख्न धेरै गाह्रो हुन्छ भन्ने थाहा हुन्छ त्यो नै सफल लेखक हुन्छ। युनेस्कोका अनुसार प्रत्येक वर्ष विश्वभरि २२ लाख पुस्तक प्रकाशन हुन्छ। यो सङ्ख्यामा सबैखाले किताबहरू पर्छन्।
धेरै जस्तो लेखकहरूका लागि लेखन प्रक्रिया ट्वेनले पुस्तक लेखेको समय अर्थात् १९औँ शताब्दीको अन्त्यतिर जस्तै छ। कथाको खाका लेखेर त्यसलाई विकास र परिष्कृत गर्दै लगेर उपन्यास लेखिन्छ।
तर हिजोआज प्रविधिको प्रयोगले लेखकहरूलाई केही सहज भएको छ। तथ्याङ्कशास्त्रीबाट लेखक बनेका अमेरिकी माइकल ग्रीनले लेखन प्रक्रियालाई सहज बनाउन प्रविधिको प्रयोग आफ्नो पहिलो पुस्तक आधाआधी लेखेपछि हो। ग्रीनले ५०० पाना कथा लेखेपछि त्यसलाई व्यवस्थापन गर्न असहज हुँदै गएको सम्झना गर्छन्।
ग्रीनले जे बनाए त्यो लिनिट हो। लिनिट लेखकहरूलाई पात्र, उपकथा र घटनाक्रमलाई योजनाबद्ध गर्ने र उनेर कथा बनाउने डिजिटल प्लेटफर्म हो। अहिले यो एप परीक्षणमा छ र केही लेखकहरूले प्रयोग गरिरहेका छन्। अहिलेलाई निःशुल्क रहेको एपमा प्रयोगकर्ताले ‘कथाको नक्सा’ बनाउन सक्छन्।
ग्रीनका अनुसार धेरैजस्तो लेखकहरूले लेख्न सुरु गर्दा कथाबारेको सामान्य विचार वा एउटा विशेष पात्र मात्रै सोचेका हुन्छन्। लिनिटले सुरुको त्यो कथामा थप विवरणहरू उन्न सहज हुन्छ। लेखकको पुस्तक प्रकाशन भएपछि पनि प्रविधिको प्रयोग लेखक र पाठकलाई जोड्न प्रयोग हुन थालेको छ।
यो साधारण रूपमा सामाजिक सञ्जालको प्रयोगबाट पनि हुन्छ गर्छ जहाँ केही लेखकहरू आफ्ना पाठकसँग लामो गफ गर्न रुचाउँछन्। अथवा लेखकहरू शिकागोको ‘हाईटाइड’जस्ता कम्पनीको सहयोग लिन सक्छन्।
हाईटाइडले पाठकलाई पैसा तिरेर लेखकसँग संवाद गर्ने मौका दिन्छ। यसले सिकाइसम्बन्धी पुस्तकका लेखकहरूलाई अनलाइन कोर्स निर्माण गर्ने अवसर पनि दिन्छ। क्यालिफोर्नियास्थित क्रेजी म्यापल स्टूडिओजले भने पुस्तकलाई अक्षरबाट जीवन्त बनाउने दाबी गर्छ।
त्यसका चार एपहरू ( च्याप्टर्स, स्क्रीम, स्पटलाइट र किस ( ले कथामा अन्तरक्रिया, चलचित्र, ध्वनि र खेल थपेर पाठकहरूका लागि अझ रुचिकर बनाउने दाबी गर्छ। जियाका अनुसार पाठकहरूका लागि फुर्सदको समय बिताउन धेरै अवसर र उपाय भएको अवस्थामा पुस्तकको महत्त्व कायम राख्न लेखकहरूले प्रविधितर्फ मोडिनु नै पर्छ। तर विज्ञहरू भने लेखकहरूले प्रविधिमा धेरै भर पर्दा नराम्रो हुन सक्ने बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा ३९ औं श्री जगन्नाथ रथ यात्रा [ फोटोफिचर ]
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
एमाले कार्यालयभित्रै पस्यो मनोहरा खोला ( फोटो फिचर )
असार २२, २०८१ शनिबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा
नेपालबहस संवाददाता
असार २३, २०८१ आइतबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
नयाँ सरकारलाई चुनौति दिने गरी नेपाल टेलिकममा एमडी नियुक्तिको तयारी
असार २३, २०८१ आइतबार
क्यानेविसः गाँजा अर्थात् मन्द विष, जसले मानिसलाई बनाउँछ ‘ठिस’
असार २३, २०८१ आइतबार
दाङमा बाघको आक्रमणबाट तीनजना महिला घाइते
असार २४, २०८१ सोमबार
एक अर्बको लगानीमा चितवनको लङ्कालाइनमा ‘रिसोर्ट’ सञ्चालन
असार २४, २०८१ सोमबार
फ्रान्समा अप्रत्याशित नतिजा, वामपन्थी गठबन्धन बन्यो ठुलो दल
असार २४, २०८१ सोमबार
अर्थ समितिको बैठक बस्दै, मौद्रिक नीतिबारे गभर्नरसँग छलफल गर्ने
असार २४, २०८१ सोमबार
किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण
असार २४, २०८१ सोमबार