भत्काए छाउगोठ, भत्किएन मनको डर
नेपालबहस संवाददाता
भदौ २२, २०७८ मंगलबार २२:३०:३९
जितेन्द्र थापा
२२ भदौ, दैलेख । ठाटीकाँध गाउँपालिका–२ की सरुपा विक २१ वर्षकी भइन् । १६ वर्षको उमेरमा महिनावारी भएकी उनी छाउगोठमा बस्दै आएको छैटौँपटक हो । अहिले पनि उनी महिनावारी भएका बेला उही छाउगोठमै जान्छिन् । ‘तर अहिले पनि महिनावारीको समय नजिकिँदा शरीरमा काँडा उम्रेर आउँछ । छाउगोठमा बसौँ त सर्पको डर, घरमा बसौँ त देवताको डर केही गरे पनि सुख छैन,’ उनी भन्छिन् ।
बिहान ५ बजेकै हुँदैन कुर्मुरो उज्यालोमै घाँस काट्न हिँडिहाल्छिन् । घाँसको ठूलो डोको बोकेर घर फर्किन्छिन् । यसरी नै उनको दैनिकी बित्छ । अघिपछिभन्दा महिनावारी भएका बेला निकै पीडा हुने गरेको उनी सुनाउँछिन् । ‘अरुबेला हामी नारीलाई केही पीडा हुँदैन,’ उनले भनिन्, ‘महिनावारीका बेला गनिनसक्नु पीडा हुन्छन्, सुख्खा सेतो नुनसँग खाना खानुपर्छ, एक्सरो कपडा ओछ्याएर चिसो ठाउँमा सुत्नुपर्छ ।’
परम्परागत सोचमा परिवर्तन आउन नसक्दा अहिले पनि एकसरो लुगा ओछ्याएर सेतो नुनसँग खाना दिइने चलन कायमै छ ।
आठबीस नगरपालिका–५ कि नाम परिवर्तित अमला बडुवाल पहिलोपटक महिनावारी हुँदा लुक्न भनेर जंगल पसिन् । गाउँघरमा पहिलो पटक रजस्वला भए लुक्न जाने चलनअनुसार आफू लुक्न गएको अमला बताउँछिन् । ‘सरकारले छाउलाई बार्न हुन्न, छाउगोठमा बस्न हुन्न भनेर भत्कायो,’ उनले भनिन्, ‘गोठ भत्काएर मात्र के गर्नु मनको डर भत्काउन कसैले नसक्ने, त्यसैले पनि छाउगोठमै बस्नुपर्ने बाध्यता छ ।’
पहिलो पटक रजस्वला हुँदा नलुकेमा दाइभाइको नजर परे राम्रो हुँदैन भनेर पाँच दिनसम्म लुक्ने चलन रहेको ठाटीकाँधकी सरुपा बिक बताउँछिन् । ‘पहिलोपटक महिनावारी हुँदा घरमा बस्नुहुँदैन, लुक्न जानुपर्छ जंगलतिर, कसैको पनि नजरमा पर्न हुँदैन, पाँच दिन भएपछि घरमा आउने र घरमा मिठोमसिनो बनाएर दिने चलन छ,’ उनले भनिन् ।
दैलेखको आठबीस नगरपालिका–२ की भावना उपाध्यायको पनि उस्तै अनुभव छ । उनले पनि घरमा भएका पुरुषलाई अनुहार देखाउन नहुने भन्दै सात दिनसम्म आफन्तको घरमा लुक्न जानुपर्यो । ‘झुक्किएर पनि आकाशतिर सूर्यलाई हेर्न पनि नहुने रे । यी सब कुराले म महिनावारी भएको होइन, केही अपराध गरेर सजाय काटेको जस्तो अनुभव भयो,’ उनले भनिन् ।
सरुपा र भावना प्रतिनिधि पात्र मात्रै हुन् । परम्परागत सोचमा परिवर्तन आउन नसक्दा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा अदृश्य रूपमा छाउ प्रथाले निरन्तरता पाइरहेको छ ।
गत वर्ष पुस महिनाबाट सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशका १९ जिल्लामा छाउगोठ भत्काउने अभियान थाल्यो । उक्त अभियानबाट करिब नौ हजार दुई सय १० वटा छाउगोठ गृह मन्त्रालयको आदेशमा भत्काइयो । छाउगोठ भत्काइए पनि छाउ भएका पुनः छाउगोठमै बस्न थालेका छन् ।
रजस्वला हुँदा छाउगोठमा बस्नेलाई कारबाही गरिने भनेर कानुनमा प्रस्ट उल्लेख भए पनि कार्यान्वयन भने हुन सकेको छैन । पहिले भत्काइएका छाउगोठ अहिले धमाधम ठडिन थालेका छन् । महिनावारी भएका बेला बस्न भनेर बनाइएका छाउगोठमा बस्ने क्रममा महिला एवं किशोरीले वर्षेनी ज्यान गुमाउन थालेपछि त्यस्तो अभियान सुरु गरिएको थियो ।
स्थानीय तहका जनप्रतिनिधिको अगुवाइ र प्रहरीको बलमा छाउगोठ भत्काएर छाउगोठ मुक्त घोषणा गरिए पनि महिलाहरू भने महिनावारी हुँदा फेरि गाईभैँसीको गोठ र बाख्राखोरमा बस्न थालेका छन् ।
‘सरकारले छाउगोठ भत्काए पनि घरभित्र बस्न मनले मान्दैन, डर लाग्छ,’ दैलेख आठबीस नगरपालिकाकी एक महिलाले भनिन्, ‘घरभित्रै बस्ने मन भए पनि देउता रिसाउने भन्दै बूढाबूढी ‘सासूससुरा’ले बस्नै दिँदैनन्, त्यसैले महिनावारी हुँदा पाँच दिन बाध्य भएर छाउगोठमै नबसि नहुने ।’
पहिलेको भन्दा छाउपडी र छाउगोठमा बस्ने अहिले कम हुँदै गएको आठबीस नगरपालिका उपप्रमुख दीपा बोहोरा बताउँछिन् । ‘पहिले सरकारले छाउगोठ भत्काउँदा विनापूर्वाधार मानसिक रुपमा तनाब दिएर भत्काउने भयो त्यस्ले गर्दा उल्टो प्रभाव प¥यो,’ उनले भनिन्, ‘जसले गर्दा झाडी र खुल्ला ठाउँमै बस्ने भयो ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली प्रदेशसभा अधिवेशन अन्त्य
असोज १६, २०८१ बुधबार
जुम्लामा आज सार्वजनिक बिदा
असोज १४, २०८१ सोमबार
‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
असोज २०, २०८१ आइतबार
एक विदेशीसहित काभ्रेमा ७७ जनाको मृत्य, ७५ घाइते
असोज २०, २०८१ आइतबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार