कालापार छिरेका कालापारे दशैं मनाउन घर फर्के
नेपालबहस संवाददाता
असोज १७, २०७८ आइतबार २३:१९:२०
♦रुद्र सुवेदी
१७ असोज, काठमाडौं । खेती लाएर तीन महिनाअघि कामका लागि भारत ‘कालापार’ छिरेका कालापारे दशैं, तिहार मनाउन घर फर्कन थालेका छन् । उनीहरू स्वदेश फर्कदाको लर्कोले सीमा क्षेत्रमा समेत दशैंको रौनक ल्याएको छ ।
त्यसबेला महामारीको बीचमै भोको पेटले दिएको पीडा सहन नसकेर उनीहरू ‘कालापार’ छिरेका थिए । तर परिवारका अरु सदस्य यतै भएकाले सँगै चाडबाड मनाउन घर फर्काएको उनीहरू बताउँछन् । जमुनाह नाकामा भेटिएका पश्चिम रुकुमका राजु केसीले सँगै ल्याएको झोलातिर हेर्दै भने‘ कालापार आए पेट पनि पालियो दशैं पनि लिएर आएँ ।’ उनले सिमा क्षेत्रमा हुने अनेकन झन्झटले फेरि फर्केर न आउँ जस्तो लाग्ने भए पनि नआई नहुने बाध्यता सुनाए ।
उनी भारतको हिमाञ्चल प्रदेशको कुल्लु मनाली गएका थिए । ‘गाउँमा रोजगारी थिएन भोकै मर्नु भन्दा रोजगारी खोज्न हिडिँयो । तीन महिनाअघि सिमला गएको थिए । आज फर्कदै छु’ हातमा भएको गम्छाले पसिना पुछ्दै उनले भने । उनीसँग गाउँकै आठ जनाको समूह सँगै फर्किएको छ ।
सल्यान कुभिण्डेका जंगबहादुर खड्काको टोली पनि हस्याँङफस्याँङ गर्दै जमुनाह नाका हुँदै स्वदेश छिरेको छ । उनी पनि गत जेठमा मकै रोपेर भारतको सिमला गएकोे बताउँछन् । ‘गाउँमा काम थिएन । भारत नगई सुखै भएन, गइयो अलिअली जोहो गरी आइयो,’ आफ्नो शरीरभन्दा ठूलो भारी बोकेका उनले भारी बिसाउँदै भने । सल्यान खलंगाका रिमबहादुर गिरी पनि साथीहरूसँगै दसैं मनाउन लद्दाखबाट घर फर्किएका छन् । उनी गत असार दोस्रो साता कामको खोजीमा लद्दाख पुगेका थिए ।
माथि उल्लेखित व्यक्ति प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरू जस्तै दैनिक हजारभन्दा बढी ‘कालापारे’को लर्को अचेल जमुनाह नाकामा भेटिन्छ । भारतमा कामको खोजीमा जानेहरूलाई यहाँका बासिन्दा ‘कालापारे’ भन्छन् ।
नाकामै कोरोना परीक्षण
जमुनाह नाकामा भारतबाट आउनेलाई कोरोना परीक्षण गरि घर पठाइने व्यवस्था छ । नाकाको हेल्थ डेस्कमा उनीहरूको एन्टीजेन प्रविधिबाट कोरोना परीक्षण हुन्छ ।
कर्णाली प्रदेशको सल्यान, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, कालीकोट, जुम्लालगायत सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, रुकुम पश्चिम, रोल्पा र प्यूठानका सर्वसाधारण जमुनाह नाका भएर आउने गर्छन ।
जमुनाह नाकाबाट दैनिक सरदर एक हजार पाँच सय नेपाली स्वदेश फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले पर्व लक्षित सुरक्षा पोष्ट बढाउनुको साथै उनीहरूलाई सहज र सरल तरिकाले गन्तव्यसम्म पठाउन निर्देशन दिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय सरकार प्रमुख भन्छन् :- सडक, खानेपानी, विद्युतलाई प्राथमिकतामा राखेका छौँ
असोज १९, २०८१ शनिबार
भृकुटीमण्डपमा ‘हिमालयन इन्टरनेशनल एक्सपो’ शुरू ( फोटो फिचर )
असोज १८, २०८१ शुक्रबार
दशैंको आगमनसँगै विभिन्न शक्ति पीठहरू सजाइयो [ फोटो फिचर ]
असोज १८, २०८१ शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित
असोज २०, २०८१ आइतबार
फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी
असोज २०, २०८१ आइतबार
साउथहम्पटनमाथि आर्सनलको सहज जित
असोज २०, २०८१ आइतबार
बाढीपहिरोमा परी हालसम्म २ सय ४४ जनाको मृत्यु
असोज २०, २०८१ आइतबार
नेपाल प्रिमियर लिगको खेलाडी अक्सन आज हुँदै
असोज २०, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा तनहुँका दुई सडक स्तरोन्नति
असोज २०, २०८१ आइतबार