मुक्तिनाथ विकास बैंकका कार्डवहाकलाई अस्पतालमा १० प्रतिशत छुट
नेपालबहस संवाददाता
असोज २०, २०७८ बुधबार १७:५५:९
२० असोज, काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र महेन्द्र नारायण निधि मेमोरियल अस्पतालबीच सम्झौता भएको छ । बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौता पश्चात बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको सो अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, फार्मेसी लगायतमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसीनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको गुरुङ्गले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचणिकलाल तामाङ महालक्ष्मी विकास बैंकद्धारा १ लाख नगदसहित सम्मान
असोज १४, २०८१ सोमबार
‘महालक्ष्मी साहित्य पुरस्कार’ महाकाव्यकार अर्याललाई प्रदान
असोज ७, २०८१ सोमबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार