कार्तिकमा मुसलधारे वर्षा, बाढी, पहिरो र डुबान !
कुसुम सेञ्चुरी
कात्तिक ३, २०७८ बिहिबार ३:६:१
केही दिनयता देशका अधिकांश भू-भागमा घनघोर बादल र वर्षा भईरहेको छ, कतै हल्कादेखि मध्यम सम्मत कतै मुसलधारे वर्षा भईरहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा भइरहेको छ। यो क्रमचार दिन अर्थात् बुधवारसम्म जारी रहने र भोली बिहिबारदेखि मौसममा सुधार हुनसक्ने मौसम पूर्वानुमानम महाशाखाको पूर्वानुमान छ।
कार्तिक ३ गते रातीदेखि नै प्रदेश नं १, २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मुसलधार वर्षा भएको थियो ।सात वर्षअघि २०७१ सालमा असोज महिना (दशैं सकिन लागेको समय) मा अन्नपूर्ण क्षेत्रको थोराङ्ला भन्ज्याङ क्षेत्रमा हिमपातका कारण ४० जनाभन्दा बढी पर्यटक र नेपाली सहयोगीको ज्यान गएको यस सन्दर्भमा उल्लेखनीय छ। त्यसबेला अन्डमान सागरबाट सुरु भएको ‘हुदहुद’नामकआँधीले नेपालका हिमाली क्षेत्रमा समेत हिमपात गराएको थियो। तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुने गरेको देखिन्छ ।
गत आईतबारदेखि भईरहेको वेमौसमी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपात भएको छ भने सुदूरपश्चिमप्रदेश, कर्णाली, गण्डकी र लुम्बिनीप्रदेशका धेरै स्थानमा तथा प्रदेश नं १, २ र वाग्मतीप्रदेशका केही स्थानमा धेरै जनधनको क्षति भएको छ । मेघगर्जन र चट्याङसहित अप्रत्याशित वर्षा हुँदा जनजीवनमा नराम्रो असर पर्न गएको छ ।
बङ्गालको खाडी र मध्य भारतमा रहेका न्यूनचापीय एव पश्चिमीवायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा देखिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।यो बेलाबङ्गालको खाडीमा न्यूनचापीय क्षेत्र बन्नुको साथै त्यहाँबाट जलवाष्पयुक्त हावा नेपालमा छिर्दा गैर मनसुन वर्षा हुने गर्छ ।
जनधनमा क्षति तथा असर
बिदाको मौका पारेर अहिले धेरैले तीर्थाटन तथा घुमफिर गर्ने भएको हुँदा धेरै यात्रुहरू अलपत्र परेका समाचार आईरहेका छन् ।हालसम्म ६ जनाको ज्यान गएको छ । हिउँद लाग्यो, वर्षाको मौसम सकियो भनेर त्यही अनुरुप दैनिकी बनाएका जनसमुदायमा अझ बढी घातक असर परेको छ ।
पाकिसकेर काट्न तयार भएको र कतै काटेर खेतमा परालसँगै सुकाईरहेको धानलाई यो बेमौसमी झरीले नराम्रो क्षति पु¥याएको र बाँकी रहेको धानको चामलको गुणस्तर निकै खस्किने भन्दै किसानहरूले चिन्ता व्यक्त गरिरहेका छन्। भर्खर लगाएको हिउँदे तरकारी तथा तेलहनबाली समेत नष्ट भएको छ ।
वर्षाले कञ्चनपुर जिल्लामा धानबाली डुबेको छ । खेतमा काटेर सुकाएको धान भित्य्राउन नपाउँदै नष्ट भएको छ । कैलालीमा सयौँ बिघा जमीनको धानखेती डुबेको छ । धानका अतिरिक्त केरा तथा अन्य बाली समेत नष्ट भएकोमा किसानहरू तनाबग्रस्त भएका छन् । वर्षाले लुम्बिनी प्रदेशको १ लाख ३० हजार हेक्टरभन्दा बढी धानखेतीमा क्षति पु¥याएको छ । काटिसकिएको धानको पाजा बगेको छ भने काट्न बाँकी धानको बोटसमेत ढलेको छ । यस प्रदेशमा ३ लाख १७ हजार ४ सय १४ हेक्टर खेतमा धानबाली लगाईएकोमा एक तिहाई बालीमा क्षतिपुगेको र त्यसमध्ये ३६ हजार ४ सय ८० हेक्टरको धान काटेर राखेकै ठाउँमा डुबेको बताइएको छ ।
कैलालीका सबैजसो क्षेत्रमा यो सयम हिउँदे तरकारी आलु, काउली, बन्दागोभी तथा हरियो साग लगाउने गरिन्छ । उक्त तरकारीका साथै भर्खरै लगाएको आलु, काउलीतथा हरियो सागलाई मुसलधारे बर्षाले सबै नष्ट गरेको छ । गाईबस्तुलाई खुवाउने परालपनिकुहिने हुनाले जनावरले नखाने हुनाले त्यसबाट पनि किसानले घाटा व्यहोर्नु परेको देखिन्छ । परालबस्तुलाई खुवाउनका अतिरिक्त गुन्द्री, चटाई लगायतका घरेलु औद्योगिक सामग्री उत्पादनमा पनि आवश्यक हुन्छ । वर्षाले गुणस्तर बिगारेको परालको यस्तो काममा लाग्न सक्दैन ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपमिस फायरिङ भएको ‘केटु सिरिज’ का हतियार पुनः किन्ने तयारीमा सेना, अरबौंको खरिदमा करोडौं कमिशनको डिल !
कात्तिक २९, २०८१ बिहिबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार