सांग्रिला डेभलपमेन्टद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १०, २०७८ बिहिबार १:५६:०
![](https://nepalbahas.prixacdn.net/media/albums/blood-donation-photo-6_7ZJHnG1mbI.jpg)
१० कात्तिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आयोजना गरेको निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकले १७ औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेसँगै पूर्व निर्धारीत कार्यक्रम गरिरहेको प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले बताए ।
आज देशभर रहेको ९८ शाखा कार्यालयहरु मध्ये केन्द्रीय कार्यालय बालुवाटार, शाखा कार्यालयहरु ठिमी, पोखरा न्यूरोड, नेपालगंज, घोराही, धनगढी, नारायणगढ, बुटवल, इटहरी, गोरखा र भैरहवा गरी जम्मा ११ वटा शाखा कार्यालय मार्फत रक्तदान कार्यक्रम तथा केन्द्रीय कार्यालय बालुवाटारमा थप निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।
बालुवाटार काठमाडाैंमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा ६५ जनाले आफ्नो स्वास्थ्य परीक्षण गराई लाभान्वित भएका थिए भने नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा विभिन्न शाखा कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा ७४३ जना व्यक्तिहरुले रक्तदान गरेका थिए ।
विभिन्न शाखा कार्यालयमा विभिन्न क्षेत्रका महत्वपूर्ण व्यक्तिहरुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा हजार भन्दा वढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।
मेराकी हेल्थ सोलुसल प्रा.लि.को सहकार्यमा सम्पन्न बालुवाटारमा भएको उक्त स्वास्थ्य परीक्षण शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गराइएको थियो ।
यस कार्यक्रमले विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्ग तथा शेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १७ औं वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको छ । साथै, अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकका ग्राहकलाई वस्तु तथा सेवा खरिदमा ६०% सम्मको छुट
असार ९, २०८१ आइतबार
ग्लोबल आईएमई बैंकका ग्राहकले अब होटल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने
जेठ ३२, २०८१ शुक्रबार
असार ४ गतेदेखि विश्वका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउने विश्व बैंक समूहको बैठक
जेठ ३२, २०८१ शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार