अनलाईनबाट प्रीमियम तिर्दा दाहालले पाए आइफोन–१२
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १२, २०७८ शुक्रबार १६:४६:५०
![](https://nepalbahas.prixacdn.net/media/albums/Nepal-Life_I-phone-winer-of-e-sewa-payment-scaled_3FS7ykFArt.jpg)
१२ कात्तिक, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रीमियम) भुक्तानी इ–सेवाबाट गर्ने बीमित मध्येबाट पहिलो लक्की ड्र मार्फत विजेतालाई आइफोन १२ प्रदान गरिएको छ । नेपाल लाइफको कार्यालयमा एक कार्यक्रमका बीच उक्त पुरस्कार प्रदान गरिएको नेपाल लाइफ ब्रण्ड तथा संचार प्रमुख बिनोद घिमिरेले जानकारी दिए ।
लक्की ड्र मार्फत छनोट भएका विराटनगर निवासी विज्ञान दाहाललाई नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले उक्त आइफोन १२ प्रदान गरे । नेपाल लाइफका नायब महाप्रबन्धक अमित केयलले डिजिटल प्लाटफर्म मार्फत प्रीमियम भुक्तानी गर्दा समयको बचत र झन्झटबाट मुक्त हुनुका साथै इसेवाले ग्राहकहरुलाई यस किसिमका उपहार प्रदान गर्दा डिजिटल पेमेन्टमा आकर्षण बढ्ने धारणा व्यक्त गरे ।
आइफोन १२ प्राप्त गरेपछि विज्ञान दाहालले १० वर्ष अघि बीमा गरेको पोलिसिको प्रीमियम समय र सहजतालाई ध्यान दिइ इसेवाबाट भुक्तानी गर्दा लक्की ड्रको बारेमा जानकारी नभएको बताए । जब इ–सेवाबाट तपाई लक्की ड्र मार्फत छनौट हुनु भएको छ भनी फोन आउँदा सर्पाइज भएको उनले बताए । दाहालले भने, आजको दिनमा डिजिटल प्लाटफर्म मार्फतको भुक्तानीको विश्वासनीयता बढ्दै गएको छ भने यस्ता उपहार/पुरस्कारले अझ थप उत्साह थपेको छ ।
आफ्ना बीमितहरुलाई सरल र सहज सेवा प्रदान गर्न नेपाल लाइफले विभिन्न डिजिटल पेमेन्ट सिस्टम तथा डिजिटल वालेटहरुसँग बीमा शुल्क (प्रिमियम) भुक्तानीको सम्झौता गरेको छ । जसले गर्दा कुनै पनि ठाउँबाट जुनसुकै समयमा बीमा शुल्क (प्रिमियम) भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ ।
नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवाका साथै खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवनियुक्त अध्यक्ष महेश बरालले लिए पद तथा गोपनीयताको शपथ
जेठ १५, २०८१ मंगलबार
प्रभु महालक्ष्मी लाइफको ब्राण्ड एम्बेसडर मनोज गजुरेल
चैत २०, २०८० मंगलबार
नेपाल लाइफद्वारा एएमएल र सीएफटी सम्बन्धी तालिम सम्पन्न
चैत ६, २०८० मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार