महालक्ष्मी विकास बैंकको मोवाइल बैंकिङमा स्तरोन्नत्ती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १६, २०७८ मंगलबार २२:२५:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/Upgradation-mahalaxmi_ojrf4EVmoc.jpg)
१६ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंकको हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवा प्रतिस्थापन भएको छ । बैंकले हिजोबाट नै Omni Channel मा आधारित अत्याधुनिक BankXP System मा सेवा स्तरोन्नत्ती गरी संचालन गरेको बैंकका प्रवक्त दिपेश लम्सालले जानकारी दिए ।
बैंकले प्रदान गर्दै आएको मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष बनाउने उद्देश्यका साथ हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गरिएको जनाएको छ । यसबाट ग्राहकलाई डिजिटल कारोवार गर्दा सहज हुनुका साथै छिटो, छरितो, चुस्त तथा दुरुस्त हुने विश्वास यस बैंकले लिएको छ ।
यस सेवाको सुरुवात सँगै अब ग्राहक महानुभावहरुले यस बैंकको मोबाइल बैंकिङ्ग सुविधा मोबाइलका साथै वेब ब्राउजरका माध्यमबाट समेत लिन सकिने भएको छ । यसका साथै यस सेवामा अनेकन अत्याधुनिक विशेषताहरु छन् ।
यस सेवा अन्तर्गत बैंकमा खाता नै नभएका मानिसलेसमेत बैंकिङ्ग कारोबार गर्न सक्नेछन् । सेवामा रहेको ई–क्यास सुविधा अन्तर्गत यस बैंकमा खाता नभएका ग्राहकलाई मोबाइल नं को आधारमा रकम पठाउन सकिने प्रबन्ध मिलाएको छ । यसका साथै ई भौचर सुविधाले बैंकमा आएर भौचर भर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ ।
घरमा नै बसीबसी सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्ले सञ्चालनमा ल्याईएको यस सेवा अन्तर्गत ग्राहकहरुले मुद्दती खाता खोल्ने, खाताको विवरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने, क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका विभिन्न उपयोगी सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
यस प्रयोगकर्ता मैत्री प्रविधि, BankXP System मा स्तरोन्नत्ती गरे सँगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि विभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । यस सेवालाई प्रयोग गर्नका लागि Android को Playstore र IOS को Appstore बाट ग्राहकहरुले Mahalaxmi BankXP डाउनलोड गर्न सक्नेछन् । यस बैंकको वेबसाईट WWW.mahalaxmibank.com बाट पनि उक्त सेवालाई सजिलै प्रयोग गर्न सकिने छ ।
बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।
बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chip based Travel Card, eCommerce card र Dollar card जारी गरिसकेको छ । समग्रमा chip based Travel Card, eCommerce card र Dollar card जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक भएको प्रवक्ता लम्सालले दावी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरिमा विकास बैंकका ग्राहकलाई वस्तु तथा सेवा खरिदमा ६०% सम्मको छुट
असार ९, २०८१ आइतबार
ग्लोबल आईएमई बैंकका ग्राहकले अब होटल आइकावा इनमा १५ प्रतिशतसम्म छुट पाउने
जेठ ३२, २०८१ शुक्रबार
असार ४ गतेदेखि विश्वका ७५ बढी मुलुकमा सहायता उपलब्ध गराउने विश्व बैंक समूहको बैठक
जेठ ३२, २०८१ शुक्रबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
अब बन्ने सरकारलाई असफल हुने छुट छैन : अध्यक्ष ओली
असार २१, २०८१ शुक्रबार
बेलायती निर्वाचन : सुनकमा राजनीतिक स्पर्शको अभाव
असार २१, २०८१ शुक्रबार
दार्चुलामा बिहिबारदेखि निरन्तर वर्षा, बाढीपहिरोबाट १६ परिवार बिस्थापित
असार २१, २०८१ शुक्रबार
काठमाडौं प्रहरीको आधुनिक नयाँ भवन बन्यो, अब भद्रकालीबाट सेवा प्रदान गर्ने
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल
असार २१, २०८१ शुक्रबार
सहज वातावरण नबनेको भन्दै पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
असार २१, २०८१ शुक्रबार