अपांगता भएकालाई सहयोग सामग्री
सरला बैजु
मंसिर १८, २०७८ शनिबार १४:४३:५८
![](https://nepalbahas.prixacdn.net/media/albums/JamunabarshaSharma_Pokhara_RSS_182-e1638588422445_FYzFW7NxPv.jpg)
१८ मंसिर, गण्डकी । अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रवृत्ति र सामग्री वितरण गरिएको छ । सगोल कास्कीले दिवसकै अवसर पारेर अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
अपांगता भएका १६ छात्रा र १४ छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका अधिकृत विमला केसीले जानकारी दिए । छात्रवृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाइका लागि प्रतिविद्यार्थी ५०० का दरले कूल १५ हजार प्रदान गरिएको थियो ।
त्यस्तै गाउँपालिकाभित्र अपांगता भएका १५ नागरिकका लागि आवश्यकताअनुसारका सामग्री प्रदान गरिएको छ । अपांगताको प्रकृतिअनुसार ट्वाइलेट चियर, सेतोछडी, लठ्ठी र वैसाखी प्रदान गरिएको उनले बताए ।
अपांगताता भएका विद्यार्थी र व्यक्तिलाई सहयोगी सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष नवराज ओझाले अपांगता भएका व्यक्तिलाई आर्थिकरुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघ संस्थाको पनि सहयोग रहँदै आएको बताए ।
गाउँपालिकामै चिकित्सक खटाएर स्वास्थ्य परीक्षण गरी घरदैलोमै अपांगताता परिचयपत्र वितरण गरिएको बताउँदै उनले आगामी दिनमा पनि समाजका अपांगता, असक्त, विपन्न वर्गको हितका लागि योजनाबद्ध रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “बालबालिका विद्यालय पुगेपछि अपांगतामैत्री वातावरण र संरचना अभाव देखिएका छन्, त्यस्ता संरचना निर्माणमा हामीले ध्यान दिइरहेका छौँ ।”
गाउँपालिकाले अपांगता भएका व्यक्तिको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालनलगायत बेलाबेलामा विभिन्न सीपमूलक तालिमसमेत आयोजना गर्दै आएको उनको भनाइ छ । गाउँपालिकाका उपप्रमुख लालसुवा गुरुङले अपांगता भएका व्यक्तिको लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नति र विकासमा ध्यान दिइएको बताउँदै आर्थिक अवस्था सुधार भएमात्र अपांगता भएका व्यक्ति सक्षम हुनसक्ने विश्वास व्यक्त गरे ।
रुपामा अपांगताको क्षेत्रमा सगोल र परिलक्षित तथा बालबालिकाको क्षेत्रमा गोनेसाले गाउँपालिकासँग साझेदारी गरेर कार्यक्रम गरिरहेको बताउँदै उपाध्यक्ष गुरुङले गाउँपालिकामा गठित समूह र सञ्जाल एवं सहयोगी संस्थाका कारण अपांगताको क्षेत्रमा काम गर्न सहज भएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगालाले सार्वजनिकस्थलको भौतिक पूर्वाधार निर्माणका क्रममा अपांगमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिँदै आएको धारणा राखे ।
रुपा अपांगता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका–५ का वडाध्यक्ष टेकबहादुर गुरुङ, गोनेसाका प्रज्वल पङ्गेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सीता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दीप पौडेललगायतले अपांगताता भएका व्यक्ति जीविकोपार्जनका लागि आवश्यक अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
भारतको लोकसभाको सभामुखमा ओम बिरला निर्वाचित
असार १२, २०८१ बुधबार
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
असार १२, २०८१ बुधबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार