स्वास्थ्य क्षेत्रमा अनुसन्धान आवश्यक छ : मुख्यमन्त्री राउत
सरला बैजु
मंसिर २६, २०७८ सोमबार ३:१७:३८
२६ मंसिर, धनुषा। प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य क्षेत्रको सुधार तथा रोगको उपचार एवं निदानमा अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्नका लागि गठित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रदेश २ मा स्वास्थ्य क्षेत्रको सुधार गर्नका लागि आजदेखि सञ्चालनमा ल्याएको प्रदेश स्तरीय कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले नेपालमा अनुसन्धान पक्ष निकै फितलो भएको बताए । प्रदेश नंं २ मा स्वास्थ्य क्षेत्रको सुधारका लागि अनुसन्धान आवश्यक रहेकाले परिषद्को प्रदेश कार्यालयको विकास तथा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने उनले उल्लेख गरे ।
मुख्यमन्त्री राउतले अध्ययन अनुसन्धान विना कुनै पनि क्षेत्रको विकास गर्न कठिन हुने भएकाले स्वास्थ्य अनुसन्धान परिषद्को प्रादेशिक कार्यालयले समस्याको गहन अनुसन्धान गर्ने विश्वास व्यक्त गरे । प्रदेश नंं २ का प्रदेशसभा सदस्य रामआशिष यादवले अनुसन्धान नभएका कारणले नै सरकारी स्वास्थ्य संस्थाको अवस्था कमजोर बनेको उल्लेख गरे ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले अनुसन्धान शिक्षाको अभिन्न अंग भएको बताए । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक विजयकुमार झाले कतिपय रोगको निदान तथा नियन्त्रणका लागि अनुसन्धान महत्वपूर्ण भएकाले निर्देशनालयले परिषद्लाई सक्दो रूपमा सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा गेहनाथ बराल, परिषद्का सदस्यसचिव एवं कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधेशका मुख्यमन्त्री सिंहले सार्बजनिक गरे सय दिनको काम
असोज ९, २०८१ बुधबार
मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु
असोज ८, २०८१ मंगलबार
मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य
असोज ४, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार
न्यूजील्याण्डविरुद्ध दोस्रो टेस्टमा बलियो अवस्थामा श्रीलंका, तीन खेलाडीले बनाए शतक
असोज ११, २०८१ शुक्रबार
काभ्रेभिरमा पहिरो खस्दा बेँसीसहर–चामे सडक अवरुद्ध
असोज ११, २०८१ शुक्रबार
चाडपर्वमा आम उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न आयोगको आग्रह
असोज ११, २०८१ शुक्रबार