बागलुङमा ग्रामीण पोषण सुधार कार्यक्रम
सरला बैजु
मंसिर २७, २०७८ सोमबार २२:४७:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/%E0%A4%AC%E0%A4%97%E0%A4%B2%E0%A4%99%E0%A4%AE-%E0%A4%97%E0%A4%B0%E0%A4%AE%E0%A4%A3-%E0%A4%AA%E0%A4%B7%E0%A4%A3-%E0%A4%B8%E0%A4%A7%E0%A4%B0-%E0%A4%95%E0%A4%B0%E0%A4%AF%E0%A4%95%E0%A4%B0%E0%A4%AE_PMmiTKv0Le.jpg)
२७ मंसिर, बलेवा । सुत्केरी महिला र एक हजार दिनका बालबालिकाको पोषण व्यवस्थापनका लागि बागलुङमा ग्रामीण पोषण कार्यक्रम सञ्चालनमा ल्याइने भएको छ । कृषि ज्ञान केन्द्र बागलुङले दुई वर्ष उमेर समूहका बालबालिकाको परिवारलाई कार्यक्रममा सहभागी बनाउने भएको हो ।
गण्डकी प्रदेश सरकारको ग्रामीण पोषण सुधार कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोषणयुक्त तरकारी उत्पादन तथा मह उत्पादनमा जोडेर पोषणमा सुधार गर्ने कार्यक्रम रहेको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए ।
सूचीकृत समूह वा सहकारीमा आवद्ध १५ देखि २५ जना सुत्केरी महिलाको समूहले यो कार्यक्रममा सहभागिता जनाउन पाउने छन् । “दुई वर्षभित्रका बच्चा भएको परिवारका सदस्यले प्रमाणसहित कार्यक्रममा सहभागी हुनसक्छन्, त्यसका लागि क्लस्टर बनाउनुपर्छ”, भट्टराईले भने, “यो कार्यक्रममा सहभागी हुन सबैलाई आह्वान गरेका छौं ।” कार्यक्रमका लागि जिल्लाभर ३० लाख परिचालन हुनेछ । एक जना बालबालिकाको परिवारले २० हजार अनुदान पाउने छ ।
समूहमा आउनेलाई थप प्रोत्साहन गरिने उनी बताउँछन् । “च्याउखेती गरेको हुनुपर्छ, सानो प्लास्टिक टनेल र एक घार माहुरी हुनुपर्ने कार्यक्रमको विधि छ”, उनले भने, “मह, च्याउ, तरकारी र आवश्यक पोषिलो वस्तु कौसीमा उत्पादन होस् भन्ने हाम्रो उद्देश्य हो ।” यो कार्यक्रमले घरमै पोषणयुक्त तरकारी तथा मह उत्पादन गर्न प्रेरित गर्ने उनले बताए ।
बालबालिका दुई वर्षको हुँदासम्म सुत्केरी र बालबालिकाका लागि मह र तरकारी प्रयोग हुने र त्यसपछि करेसाको तरकारीले घरखर्च चलाउन सहज हुने कार्यक्रमको लक्ष्य छ । “सिकाइ पनि होस्, उत्पादन र प्रयोग पनि होस्”, भट्टराई भन्छन्, “सहयोगले परिवारमा कुपोषणका कारण आउनसक्ने ठूलो क्षतिलाई कम गर्छ ।”
कार्यक्रममा सहभागी हुनका लागि कार्यालयले आह्वान गरेको भए पनि कसैले आवेदन भने दर्ता गराएका छैनन् । समूह चाहिने, दर्ता भएको हुनुपर्ने र कम्तीमा १० जनाभन्दा बढीको समूह हुनुपर्ने भएकाले प्रक्रिया पुर्याउन कठिन छ । समुदायस्तरमा सचेतना र जागरणमार्फत कार्यक्रम प्रभावकारी बनाउने कार्यालयको योजना छ । विभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाले गरिरहेका पोषण सुधारका काममा कृषि ज्ञान केन्द्रको कार्यक्रमले सहयोग गर्ने भट्टराईको विश्वास छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
मनप्रिय मनाङ !
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
असार १२, २०८१ बुधबार
अविरल वर्षाले पोखरामा सडक भासिँदा आवागमनमा समस्या
असार १२, २०८१ बुधबार
नौ महिनादेखि तलब नपाएको कैलालीका स्वास्थ्यकर्मीको गुनासो
असार १२, २०८१ बुधबार
राष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, दुई किलो माटो पृथ्वीमा ल्याउन सफल
असार १२, २०८१ बुधबार