स्वस्थ शिशु छनोटका लागि ‘हेल्दी बेबी’
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार २०:३६:२९
♦ सुरेश परियार
१४ पुस, हुम्ला । हुम्लाको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संस्थाहरूले स्वस्थ शिशु छनोटका लागि ‘हेल्दी बेबी’ प्रतियोगिता आयोजना गरेको छ ।
ताँजाकोट गाउँपालिकाले पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य अवस्था पत्ता लगाउन ‘हेल्दी बेबी’ कार्यक्रमको आयोजना गरेको स्वास्थ्य चौकी प्रमुख धनराज ढकालले बताए ।
निश्चित मापदण्ड बनाएर गाउँपालिकाका १ देखि ४ नम्बर वडामा चार सय ५० जना शिशुहरूको स्वास्थ्य परीक्षण वडास्तरमा ‘हेल्दी बेबी’ प्रतियोगितामा उत्कृष्ट भएका प्रत्येक वडाका तीनजनालाई पहिलो, दोस्रो र तेस्रो छनोट गरेर पुरस्कृत गरिएको स्वास्थ्य चौकी प्रमुख ढकालल बताए ।
प्रतियोगितामा उत्कृष्टका लागि शिशुको तौल, उचाइ, पोषणको अवस्थालगायतलाई आधार मानेर स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको पालिका उपाध्यक्ष मञ्जु बुढा बताइन् ।
स्वास्थ्य परीक्षणपछि ७५ प्रतिशत शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको, २० प्रतिशतको मध्यम र बाँकी ५ प्रतिशतको न्यून अवस्था रहेको स्वास्थ्य चौकीले जानकारी गराएको छ ।
स्वास्थ्य अवस्था सामान्य रहेका शिशुका आमाहरूलाई प्रोत्साहनस्वरूप तेल, साबुन, ब्रस, टुथपेष्ट, नेलकटरलगायतका व्यक्तिगत सरसफाइका सामग्री प्रदान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार