सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या चार पुग्यो
नेपालबहस संवाददाता
माघ १६, २०७८ सोमबार १:३:२६
सुधा देव
१६ सप्तरी, सप्तरी । कोरोनाको तेस्रो लहरमा कोरोना संक्रमणका कारण सप्तरीमा मृत्यु हुनेको संख्या चार पुगेको छ । पछिल्लो पटक सप्तरीको राजविराज नगरपालिका-१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।
बिरामी परेका उनको धरानस्थित बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको थियो । उपचारको क्रममा माघ १४ गते पिसिआर परीक्षण गराउँदा १५ गते कोरोना पोजेटिभ आएको थियो । सोही दिन उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।
रुपनी गाउँपालिका वडा-१ की ७६ वर्षीया एक महिलाको, बिष्णुपुर गाउँपालिका-७ का एक पुरुष र रुपनी गाउँपालिका-१ कै एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीरम इन्स्टिच्युटले भन्यो: डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ
बैशाख २७, २०८१ बिहिबार
एस्ट्राजेनेकाले विश्वभरबाट कोरोना भाइरसको खोप फिर्ता लिँदै
बैशाख २६, २०८१ बुधबार
बढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार