दश महत्वपूर्ण सूचकमा गिरावट आउँदा प्रभु बैंक बन्दैछ निकै कमजोर, बैंकबाट निक्षेप नै घट्न सुरु !
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
माघ २३, २०७८ आइतबार २२:४:५७
![](https://nepalbahas.prixacdn.net/media/albums/prabhu-bank_nx4AY5GoxZ.jpg)
२३ माघ, काठमाडाैं । दोश्रो त्रैमासको रिपोर्ट हेर्दा प्रभु बैंक उल्टो गतिमा हिडिरहेको छ । वित्तीय अवस्थामा लगातार पहिरो गएकै थियो भने बैंकमा ग्राहकहरुले निक्षेप राख्ने भन्दा झिक्ने धेरै भएकोले बैंकमा निक्षेप घट्न पुगेको छ । बैंकको प्रमुख काम निक्षेप संकलन र कर्जा प्रवाह भएकोले बैंकका ती दुवै सूचकमा सकारात्मक देखिएको छैन । निक्षेप संकलन घटेको र कर्जा प्रवाह सामान्य मात्र वृद्धि भएको वित्तीय विवरणमा प्रष्ट देखिएको छ ।
त्यस्तै बैंककाे प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानीमा पनि सामान्य वृद्धि देखिएको छ भने संचालन मुनाफादेखि खुद मुनाफामा पनि पहिरो गएको छ । वितरण योग्य मुनाफाको अवस्था पनि त्यही छ । विगत ५ वर्षदेखिको केही महत्वपूर्ण सुचक हेर्दा बैंकको अवस्था निरन्तर खस्किदै गएकाे छ।
हाल प्रभु बैंकको संचालक समितिको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं कृषि विकास बैंकका निर्वतमान सीईओ लिलाप्रकाश सिटौला चयन भएका छन् भने अन्य संचालकहरूमा रमेश सिंह खड्का, शंकरप्रसाद कालिकोटा, रामेश्वर सापकोटा, ऋषिराम गौतम, अञ्जु अधिकारी र प्रमोद घिमिरे छन् ।
त्यस्तै बैंककाे उच्च व्यवस्थापनमा प्रभु फाइनान्स हुँदादेखि कै सीईओ अशोक शेरचन प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् भने मणिराम पोखरेल नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन्।
घट्दो रिटर्न अफ इक्विटी :
बैंकको रिटर्न अफ इक्विटी निरन्तर घट्दो क्रममा छ । ५ वर्ष अघि १९ दशमलव २९ प्रतिशत रहेको बैंकको आरओई घट्दै गएर आर्थिक वर्ष २०२०/२०२१ मा जम्मा दश रुपैयाँ ०६ प्रतिशत पुगेको छ । आरओई घट्नुलाई खासै राम्रो मानिदैन । शेयरधनीहरूले बैंकमा गरेको कुल लगानीको प्रतिफल (रिटर्न अफ इक्विटी) लाई आरओई भनिन्छ । वार्षिक मुनाफालाई शेयरधनीको इक्विटीले भाग गरेपछि रिटर्न अफ इक्विटी आउँछ । शेयरधनीको इक्विटीमा शेयर पुँजी सँगै सम्पूर्ण जगेडाकोष जोडिन्छ ।
आर्थिक वर्ष ROE
२०१६/१७ १९.२९
२०१७/१८ ७.६९
२०१८/१९ १२.४५
२०१९/२०२० ७.७६
२०२०/२०२१ १०.०६
घट्दो प्रतिशेयर आम्दानी :
विगत ५ वर्षको तथ्यांकलाई हेर्दा बैंकको प्रतिशेयर आम्दानी घट्दो ट्रेन्डमा रहेको छ । ५ वर्ष अघि २७ रुपैयाँ १७ पैसा रहेको प्रतिशेयर आम्दानी आर्थिक वर्ष २०/२१ मा १५ रुपैयाँ १७ पैसामा झरेको छ।
आर्थिक वर्ष प्रतिशेयर आम्दानी
२०१६/१७ २७ दशमलव १७
२०१७/१८ १२ दशमलव ५८
२०१८/१९ २१ दशमलव ०३
२०१९/२०२० ११ दशमलव ५८
२०२०/२०२१ १५ दशमलव १७
दश प्रमुख सुचक जसले प्रभु बैंकलाई देखायो आरालो यात्रा ?
१. घट्दो निक्षेप
२. कर्जा प्रवाह विस्तारमा रोकिने क्रम सुरु
३. घट्दो संचालन मुनाफा
४. घट्दो खुद मुनाफा
५. घट्दो वितरणयोग्य मुनाफा
६. घट्दो प्रतिशेयर आम्दानी
७. घट्दो जगेडा कोष
८. घट्दो प्रतिशेयर नेट्वर्थ
९. प्रमुख आम्दानीको श्रोतमा संकुचन आउन सुरु
१०. घट्दो रिटर्न अफ इक्विटी
दोश्रो त्रैमासले साथ दिएन बैंकलाई :
प्रभु बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खासै आकर्षक वित्तीय विवरण निकाल्न सकेको छैन । बैंकको खुद मुनाफा घट्न पुगेको छ भने वितरणयोग्य मुनाफामा पहिरो गएको छ।
कस्तो आयो आर्थिक वर्ष ०७८/७९ दोश्रो त्रैमासको वित्तीय प्रतिवेदन :
प्रभु बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमास अर्थात ६ महिनाको अवधिमा १ अर्ब २६ करोड खुद मुनाफा गरेकोमा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा बैंकले १ अर्ब ५१ करोड खुद मुनाफा गरेको थियो । यसरी खुद मुनाफामा १६ दशमलव ९० प्रतिशतको गिरावट आएको छ ।
प्रमुख आम्दानीको श्रोत (खुद व्याज आम्दानी):
चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ अर्ब ८२ करोड खुद व्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ६९ करोड खुद व्याज आम्दानी गरेको थियो । यसरी खुद व्याज आम्दानीमा सामान्य ४ दशमवल ७८ प्रतिशतको वृद्धि भएको छ ।त्यस्तै, संचालन मुनाफा १२ दशमलव ९९ प्रतिशतले घट्दै १ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा कम्पनीले २ अर्ब १४ करोड संचालन मुनाफा गरेको थियो ।
प्रतिशेयर आम्दानी :
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ ८६ पैसा हुन आउँछ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २६ रुपैयाँ ७७ पैसा थियो। यसरी प्रतिशेयर आम्दानीमा २५ दशमवल ८० प्रतिशत घटेको छ ।
किताबी मूल्य कति ?
कम्पनीको किताबी मूल्य (प्रतिशेयर नेट्वर्थ) १४३ रुपैयाँ छ ।
निक्षेप, कर्जामा कस्तो :
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ खर्ब ६३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ४२ अर्ब कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष ०७७/७८ को असार मसान्त र अहिलेको तथ्यांकलाई दाँजेर हेर्दा कम्पनीले निक्षेप संकलन शुन्य दशमलव ७६ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह सामान्य ५ दशमलव ३३ प्रतिशतले बढेको छ।
जगेडा कोष :
संचित मुनाफामा ५६ दशमलव ०९ प्रतिशतको गिरावट आए सँगै बैंकको कुल जगेडामा असर पारेको छ। जगेडा कोष ४ प्रतिशतले घट्दै ५ अर्ब ५३ करोड पुगेको छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकका ग्राहकलाई साई डेण्टल क्लिनिकका सेवाहरुमा आकर्षक छुट
असार २, २०८१ आइतबार
धेरै वाणिज्य बैंकले असारमा घटाए ब्याजदर, धेरै मुनाफा कमाउने नबिलले बढायो, ग्लोबलले घटायो
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार