जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
माघ २३, २०७८ आइतबार १९:२९:४७
२३ माघ, काठमाडौं । जानकी फाइनान्सको १५.७८ प्रतिशत लाभांश सुरक्षित गर्ने आज आइतबार (माघ २३ गते) अन्तिम दिन हो । फागुन ७ मा वार्षिक साधारण सभा बोलाएको कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् । सभामा जानकीले १५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव पेश गर्दैैछ । ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने प्रस्ताव पनि पेश गरिनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो ।
सभा होटल मानकी इन्टरनेशनल प्राली, शिवचौक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ ।
वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ । चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार