जानकी फाइनान्सको एजीएम आज, यस्ता छन् एजेण्डा
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १६:२१:४४
२२ फागुन, काठमाडौं । जानकी फाइनान्सको साधारण सभा आज आइतबार फागुन २२ गते बस्ने भएको छ । यसअघि फागुन ७ मा बोलाइएको सभा कोरम नपुगेपछि स्थगित भएको थियो । सभा गायत्री कुञ्ज, अतिथी सदन जनकपुरमा बस्नेछ । सभामा जानकीले १५ प्रतिशत बोनस शेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ ।
यस्तै, ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो ।
बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।
चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । माघ २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
मकैमा फौजी कीरा र फलफूलमा औँसाको संक्रमण, किसान चिन्तित
जेठ ७, २०८१ सोमबार