अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २२:५०:१२
२५ फागुन, भक्तपुर । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले यही फागुन २६ गते ‘मार्च १०’ मा अङ्गदान गर्दै विश्व मिर्गौला दिवस मनाउने भएको छ ।
विश्व मिर्गौला दिवसबारे जानकारी दिन केन्द्रले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक पुकार श्रेष्ठले विश्व मिर्गौला दिवस यसवर्ष अङ्गदान लगायतका विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मनाउने जानकारी दिए ।
कार्यक्रममा विभिन्न विशिष्ट एवं अन्य व्यक्तिबाट अङ्गदान गर्ने र स्वास्थ्य सेवा दिवसका दिन अङ्गदानको घोषणा गरेका स्वास्थ्यमन्त्री, मुख्य सचिव, स्वस्थ्य सचिवलगायतका विशिष्ठ व्यक्तिलाई अङ्गदान कार्ड वितरण गरिने उनले जानकारी दिए ।
दिवसको दिन बिहान ७ः४५ बजे काठमाडौंको शान्ति बाटिकाबाट मिर्गौला पथयात्रा गर्दै दशरथ रङ्गशालासम्म पुगेर अङ्ग प्रत्यारोपण गरिएका व्यक्ति, अङ्गदाता, चिकित्सक, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरिने पनि उनले जानकारी दिए ।
अङ्गदान र अङ्ग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ्य व्यक्ति जत्तिकै हुन सक्छन् भन्ने सन्देश दिँदै अङ्ग प्रत्यारोपण, मष्तिस्क मृत्युबाट हुने अङ्गदानले पाउने नयाँ जीवनबारे प्रचार एवं प्रोत्साहन गर्न कार्यक्रमले सहयोग पुग्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार