दाङमा प्रभावकारी बन्न सकेन स्वास्थ्य बीमा कार्यक्रम
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १९:५:३१
२ चैत, देउखुरी । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम दाङमा प्रभावकारी रुपमा कार्यान्वयनमा आउन सकेको छैन । सेवा दिने प्रक्रिया झन्झटिलो हुँदा सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । सरकारले स्वास्थ्य बीमा गरेका नागरिकलाई सुविधा लिनका लागि सरकारी अस्पताल तोकेको हुन्छ ।
तर सेवाग्राहीले स्वास्थ्य सेवा लिन सरकारी अस्पतालमा नगई अन्य निजी अस्पतालमा जाँदा यो कार्यक्रम प्रभावकारी हुन नसकेको बताइएको छ । सेवाग्राहीले बीमा गर्दा नै सरकारी अस्पताललाई विशेष प्राथमिकतामा राखिएको हुन्छ । उनीहरू पहिलो पटक उपचार गर्न निजी अस्पतालमा गए भने उपचारमा सहुलियत पाउन सक्दैनन् । निजी अस्पतालले सरकारी अस्पतालमा जानू भनेर सिफारिस गरिदिन्छ । सेवाग्राहीले दौडधुपमै समय खर्चिनुपर्छ । जसले गर्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।
स्वास्थ्य बीमा बोर्डले भने आम नागरिकको बुझाइमा समस्या भएकाले झन्झट बेहोरिरहेको जनाएको छ । “आम नागरिकको बुझाइमा फरक परेकाले झन्झट भएको हो”, बीमा कार्यक्रमका जिल्ला संयोजक गोपीलाल वलीले भने, “जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको भए पनि झन्झटिलो प्रक्रियाका कारण सेवाग्राही मारमा परेका हुन् ।” गत वर्ष माघ ३० गतेदेखि दाङमा स्वास्थ्य बिमा कार्यक्रमको शुरुवात गरिएको थियो । कार्यक्रम सुरु भएको १३ महिना पुग्दासम्म करिब २० हजार जनाले मात्रै बीमा गराएको उनले जानकारी दिए ।
दाङका सय वडामध्ये ९५ वटामा बीमा दर्ता सहयोगी कार्यकर्ताले काम गरिरहेका छन् । बाँकी पाँचवटा वडामा विभिन्न कारणले बीमा दर्ता सहयोगी कार्यकर्ता खाली छन् । स्वास्थ्य बीमाका लागि पाँचजनाको परिवारसम्मले रु तीन हजार ५०० प्रिमियम तिर्दा सरकारले रु एक लाखको बीमा गरिदिने कार्यक्रम छ । यस्तै ६ जनादेखि माथिको परिवार सदस्य भए प्रतिसदस्य रु ७०० जम्मा गर्दै जाने र रु दुई लाखको बीमा सरकारले गर्ने संयोजक वलीले जानकारी दिए । पैसाको अभावमा अझै पनि धेरै मानिस रोग लुकाउन बाध्य छन् ।
सरकारले अति गरिब, पूर्ण अपाङ्गता, क्षयरोग तथा कुष्ठरोग, एचआइभी सङ्क्रमित र ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई रु एक लाखसम्मको निःशुल्क बीमा गर्ने कार्यक्रम ल्याएको छ । त्यस्तै महिला स्वास्थ्य स्वय्सेविकाको परिवारलाई योगदानको रकममा ५० प्रतिशत छुट गर्ने कार्यक्रम रहेको छ । सरकारी स्वास्थ्य संस्थामा हुने लापरबाहीका कारण स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्न नसकेको दाङका स्वास्थ्य बीमा गराउनेहरुको भनाइ छ । स्वास्थ्य बीमा गराएका सरकारी अस्पतालबाट वर्षमा रु एक लाख बराबरको स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्थाअनुसार नेपाल सरकारले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिरामी भएका व्यक्तिलाई एक हजार ३३ प्रकारका औषधि, सबै प्रयोगशाला र भेन्टिलेटरसम्मको उपचार निःशुल्क हुने स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल
असार १३, २०८१ बिहिबार
इस्मा गाउँपालिकाले प्राविधिक शिक्षा निःशुल्क पढाउने
असार १३, २०८१ बिहिबार
जसपा नेपालले फिर्ता लियो लुम्बिनीमा माओवादी नेतृत्वको सरकारलाई दिएको समर्थन
असार ९, २०८१ आइतबार
सशस्त्र प्रहरीका एसपी र डीएसपी सरुवामा गृहमन्त्रीको मनलाग्दी
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
यी राशीमा ३ दिनपछि आर्थिक संकटको छायाँ पर्न सक्छ !
नेपालबहस संवाददाता
असार १२, २०८१ बुधबार
बसमा सवार यात्रुको मृत्यु, चालक र सहचालक पक्राउ
नेपालबहस संवाददाता
असार १३, २०८१ बिहिबार
गृहमन्त्री लामिछानेको सचिवालयमा दाम जम्मा गर्न नसक्दा रोकिएको श्रेष्ठ र आचार्यको बढुवा !
असार १४, २०८१ शुक्रबार
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने
असार १४, २०८१ शुक्रबार
पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा
असार १५, २०८१ शनिबार
युरोकप नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड भिड्दै
असार १५, २०८१ शनिबार
बागलुङमा श्रीमान–श्रीमती घरसहित पहिरोमा पुरिए
असार १५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १५, २०८१ शनिबार
मनसुनी वायुको प्रभाव : देशका विभिन्न ठाउँमा वर्षा, यी स्थानमा ठूलो पानी पर्ने
असार १५, २०८१ शनिबार
टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै
असार १५, २०८१ शनिबार