पर्सा चिकित्सक श्रीमती संघद्धारा स्वास्थ्य अभिमुखीकरण
![आबिद हुसेन](
https://nepalbahas.prixacdn.net/media/albums/aabid_hussia__essGOst6fZ.jpg
)
आबिद हुसेन
चैत २९, २०७८ मंगलबार १७:४७:३
![](https://nepalbahas.prixacdn.net/media/albums/parsa-11_4iJvjvPea0.jpg)
२८ चैत, पर्सा । पर्सा चिकित्सक श्रीमती संघको आयोजनामा वीरगञ्जको गणेशमानस्थित कन्या स्कुलमा महिनावारी सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ ।
संघकी अध्यक्ष निता झाको सभापतित्वमा अभिमुखीकरण सम्पन्न भएको हो । अभिमुखीकरणका अवसरमा कन्या स्कुलमा अध्ययनरत छात्राहरुलाई महिनावारी तथा प्रजनन स्वास्थ्य सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।
महिनावारीको प्रक्रियासँगै, महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, सरसफाई लगायतका सम्बन्धमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवले प्रशिक्षण दिएकी थिइन् । महिनावारी सम्बन्धी छात्राहरुले भोगीरहेका समस्याहरु पनि सुनेर डा। यादवले समाधानका उपायका बारेमा पनि जानकारी दिएकी थिइन् ।
त्यस्तै संघकी सचिव एवम् डाइटिशियन निशा सिँहले महिनावारीका समयमा खानुपर्ने र नखानुपर्ने कुराहरुको बारेमा प्रशिक्षण दिएकी थिइन् । विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीका बारेमा सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको संघकी सचिवसमेत रहेकी सिँहको भनाई छ ।
पर्सा चिकित्सक श्रीमती संघमार्फत विद्यालयमा अध्ययनरत छात्राहरुलाई महिनावारीका बारेमा प्रशिक्षण दिँदा उनीहरुमा धेरै कुराको जानकारी भएको कन्या स्कुलकी प्रधानाध्यापिका अनिता साहले बताइन् ।
कार्यक्रममा निभा दास, पवित्रा गजुरेल , ज्योती चौधरी , आरती झा , पिया सिंह , दिपाली चौरसिया , ज्योती ठाकुर , निभा मिश्रा , विद्यालयकी शिक्षिका लगायतको उपस्थिती रहेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार