गर्मीको असरबाट जोगिन सतर्कता अपनाउन अपील
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ५, २०७९ सोमबार २१:१८:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/mausam-3_0NF4SmfvxC.jpg)
५ बैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय गर्मि बढेपछि जनजीवन प्रभावित भएको छ । बढ्दो गर्मिका कारण आम नागरिकको जनजीवन प्रभावित हुँदै आएको हो ।
प्रचण्ड गर्मीका कारण खासगरी दिउँसोतिर हिँड्डुललगायत घरबाहिरका गतिविधिमा असर परिरहेको मानिसहरूले बताएको बीबीसीमा प्रकाशित समाचारमा जनाइएकाे छ ।
भारतको मौसम विज्ञान विभागले नेपालसँग सीमा जोडिएका बिहार, उत्तर प्रदेश र पश्चिम बङ्गाल लगायतका राज्यमा आगामी केही दिनसम्म ’हिट वेभ’ अर्थात् तातो हावा चल्ने चेतावनी जारी गरिसकेको समाचारमा प्रकाशित छ ।
नेपालमा चाहिँ तातो हावाको अवस्थाबारे विश्लेषण भइरहेको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाले जनाएको छ ।
नेपालमा मार्च, एप्रिल र मे गरी तीन महिनाको अवधिलाई ’प्री–मनसुन’ भन्ने गरिएको छ । जलवायु विश्लेषण शाखा प्रमुख इन्दिरा कँडेलका अनुसार पछिल्ला दिनमा नेपालका धेरैजसो मौसम केन्द्रमा सरदरभन्दा बढी तापक्रम मापन गरिएको समाचारमा उल्लेख छ ।
कुनै पनि स्थानको सरदर तापक्रम भनेको सो ठाउँको ३० वर्ष अवधिको औसत तापक्रम भन्ने बुझिन्छ “हामीकहाँ पनि कतिपय स्थानमा माइल्ड (सामान्य) र कतिपय स्थानमा मोडेरेट (मध्यम) हिट वेभ देखिएको छ,“ कँडेलले बीबीसीसँग भनिन्। “मुख्यता पूर्वी तराईका जिल्ला यस्तो देखिएको छ।
यद्यपि यो पुष्टिकै चरणमा छ।” कँडेलका अनुसार एकातर्फ तापक्रम बढ्ने क्रममा देखिएको छ भने अर्कोतर्फ सरदरभन्दा कम पानी परिरहेको अवस्था छ ।
खासगरी लुम्बिनी प्रदेशका र पश्चिम तराईका जिल्लामा आगामी तीन दिनसम्म तापक्रम बढ्ने क्रम जारी रहने प्रक्षेपण गरिएको मौसम पूर्वानुमान महाशाखास्थित वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार आइतवार नेपालगन्ज, धनगढी, भैरहवालगायत केही स्थानमा औसतभन्दा बढी तापक्रम मापन गरिएको थियो।
आइतवार अपराह्न भैरहवामा अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियम मापन गरिएको थियो भने धनगढीमा ३८.९ र जनकपुरमा ३८.८ डिग्री सेल्सियम मापन गरिएको थियो। “यी ठाउँहरूमा मापन गरिएको अधिकतम तापक्रम औसतभन्दा माथि हो,“ प्रधानाङ्गले बीबीसीसँग भने।
तातो हावाबाट के हुन्छ ?
तातो हावा वा लूको असर जुनसुकै उमेर समूहलाई हुन सक्ने र अझ बालबालिका तथा वृद्धवृद्धालाई बढी असर पर्ने चिकित्सकहरू बताउँछन्।
कोसी अस्पतालस्थित वरिष्ठ फिजिसियन डा. दिपक सिग्देलका अनुसार तातो हावाले मुख्यतया डिहाइड्रेट अर्थात् शरीरमा पानी÷इलेकस्ट्रोलाइटको मात्रा कम गराउँछ ।
“तातो हावाको प्रभावमा जति धेरै परिन्छ उति धेरै डीहाइड्रेशन र शरीरमा इलेकस्ट्रोलाइटको असन्तुलन हुने सम्भावना हुन्छ। त्यो भएर मान्छे थकान महसुस गर्ने हुँदै जान्छ,“ उनले थपे।
“कति समयसम्म तातोमा परियो भन्ने कुरामा त्यसको असर निर्भर गर्छ।“ डा. सिग्देलका अनुसार तातो हावाको प्रभावमा परेपछि मानिसलाई चक्कर आउने, रक्तचाप घट्ने लगायतका लक्षण देखिन सक्छ ।
तातो हावाबाट कसरी जोगिने ?
तराई र चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको भन्दै गर्मीको असरबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपील गरेको छ । निम्न कुरामा ध्यान दिए तातो हावाको असरबाट जोगिन सकिने चिकित्सकहरू बताउँछन
१.प्रचण्ड घाम लागेको बेला सकेसम्म घरबाहिर ननिस्के
२.काम परेर घरबाहिर निस्किनै परेमा छाता ओढेर जाने
३.सकेसम्म शीतलमा बस्ने
४.पर्याप्त मात्रामा पानी, जुसलगायत झोल पदार्थ खाने
५.पानीमा ओआरएस (ओरल रिडिहाइड्रेशन सल्ट) थप्ने
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
बिजुली बजार सडक खण्डमा फल्चा शैलीमा निर्मित बस बिसौनी शुभारम्भ
असार १६, २०८१ आइतबार
काठमाडौं–बैंकक ‘रोड कनेक्टिभिटी’ अध्ययन गर्न टिवानको टोली थाइल्याण्ड प्रस्थान
असार १४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
एसईई मौका परीक्षा साउन २३ गतेदेखि सञ्चालन हुने
असार १६, २०८१ आइतबार
अपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते
असार १७, २०८१ सोमबार
‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी
असार १७, २०८१ सोमबार
स्थानीय उत्पादन प्रवर्द्धन गर्न बेनीमा आजदेखि कोसेलीघर सञ्चालनमा
असार १७, २०८१ सोमबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार