पुरुषको यौन स्वास्थ्यमा कोभिड-१९ को गम्भीर प्रभाव
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार १७:४५:४४
![](https://nepalbahas.prixacdn.net/media/albums/corona_X6IBvusQeH.jpg)
६ बैशाख, काठमाडौं । प्रजनन क्षमता तथा नपुंसकताका सम्बन्धमा भइरहेको अनुसन्धानले कोभिड-१९ भएका पुरुषहरूको यौन स्वास्थ्यमा गम्भीर प्रभाव परेको संकेत गरिरहेको छ।
यही प्रभावका कारण कोभिड-१९ भएका पुरुषमा इरेक्टाइल डिसफङक्शन ‘ईडी’ पनि हुन सक्छ जसलाई सामान्य भाषामा नपुंसकता भनिन्छ।
टर्कीका अनुसन्धानकर्ताहरूले एउटा नयाँ अनुसन्धानमा एंडोथीलियम अर्थात रक्तधमनीमा जोडिएका झिल्लीहरूमा हुने शिथिलता, कोभिडका कारण शुक्रवाहिनी नलीलगायतका ग्रन्थीमा भएको प्रत्यक्ष क्षति, महामारीका कारण मानसिक स्वास्थ्यमा परेको असरका कारणले इरेक्टाइल डिसफङक्शनका मामिला बढेको छ। यो सम्बन्धी प्रमाणहरूमा आधारित एउटा न्यारेटिभ रिभ्यु इन्टरनेशनल जर्नल अफ इम्पोटेन्समा प्रकाशित भएको छ।
यसै विषयमा भएको अर्को एउटा अध्ययनमा बाँदरहरूको फोक्सो, प्रोस्ट्रेट, लिङ्ग, तथा टेस्टिकल्समा इनफेक्शन भएको २ हप्ता पछि सार्स-सीओवी-२ भाइरसका अवशेष पाइएको छ। १४ दिन पछि बाँदरहरूको फोक्सोको संक्रमण सफा हुन थाल्यो तर शुक्रग्रन्थीमा भने संक्रमण बढदै गएको यो अध्ययन टोलीले पत्ता लगायो। यसका साथै बाँदरहरूको जनन्द्रियका रक्त धमनीहरू क्षतिग्रस्त भएको पाइयो।
अघिल्लो अनुसन्धानमा महामारीका कारण यौन स्वास्थ्य तथा कामवासनामा नै कमी आएको पुष्टी गरेको छ। महामारीका कारण मानसिक स्वास्थ्यमा परेको प्रभाव तथा संक्रमणका कारण कोषहरू शारीरिक रूप नै क्षतिग्रस्त भएकोले यस्तो परिणाम आएको हो।
पुरुष स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित सन् २०२१ को एउटा पाइलट स्टडीमा सानो स्याम्पल साइज, २ जना संक्रमित मानिश र २ जना स्वस्थ्य मानिशमा गरिएको अध्ययनमा संक्रमितहरूको लिङ्गका रक्तधमनीहरूमा उल्लेखनीय संख्यामा भाइरसका कण पाइएको थियो।
कोभिडबाट ठीक भएका पुरुषहरूको यौन तथा लिङ्गको स्वास्थ्यको लगातार अध्ययन हुनु पर्ने तथा नपुंसकताको लक्षण भएकाहरूलाई उपचारका लागि एउटा एकीकृत बहु-विषयक उपायको माग विशेषज्ञहरूले गरेका छन् ।
कोभिडले सबै आयु वर्गका मानिशलाई प्रभावित गर्छ । तर यसबाट डायबिटीज, हाईपरटेंशन, र मोटोपनालगायतका रोग भएका पुरुषहरू गम्भिर बिमारी वा मृत्युको मुखमा पुग्ने कुरा प्रमाणित भइसकेको छ। भ्याक्सिन लगाएको खण्डमा चाहिँ गम्भिर बिमारी वा मृत्युको खतरा कम हुन्छ।
इरेक्टाइल डिसफङक्शन ‘ईडी’ त्यस्तो अवस्था हो जसमा यौन सम्बधका बेलामा लिङ्ग खडा हुँदैन वा त्यस्तो क्षमता नै विनाश हुन्छ। यो अवस्था अनेकन शारिरिक समस्या, बिमारी, हार्मोन्सको असन्तुलन तथा मनोवैज्ञानिक कारणबाट हुन्छ । यो साह्रै जटिल प्रक्रिया हो र यसमा एक भन्दा बढी कारण हुन्छ।
ईडी सामान्यतया पाचन तन्त्रमा आएको दीर्घकालिक सूजन, मृगौलाका बिरामी, तथा सोरायसिसलगायतका अटो(इम्यून रेस्पन्सले पनि हुन्छ। यस क्रममा इम्यून रेस्पन्सलाई व्यवस्थित गर्ने टीएनएफ-ए र आईएल-६ जस्ता प्रोटिन्स साइटोकिन्स जन्मन्छन् जसले यौन शिथिलतालाई अझै बिगार्छ। यही साइटोकीन्स भी कोभिड संक्रमणका क्रममा पनि जन्मन्छ र धेरै नोक्सानी गर्छ। श्रोत : आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार