मानिस र जनावरको डीएनए परीक्षण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ मंगलबार २३:५:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/DAN_LT5cvgxqry.jpg)
६ वैशाख,काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए।
उनका अनुसार कतिपय व्यक्तिगतरुपमा पनि डीएनए परीक्षण गर्न आएपनि नगरिएको उनले बताए । उनले भने, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्या आउनसक्ने देखिएकाले समितिले केही वर्ष पहिले निर्णय गरेर अहिले स्थगित गरिएको हो ।”
नेपाल प्रहरीले केही वर्ष पहिलेबाट आफ्नै प्रयोगशालामा डिएनए परीक्षण गर्दै आएको छ । प्रहरीले अनुसन्धानको क्रममा परीक्षण गर्छ भने अदालतमा पुगिसकेको मुद्दामा आवश्यक हुँदा समितिले परीक्षण गर्ने डीएनए युनिटका प्रमुख क्षेत्रीले बताए। अदालत, नेपाल प्रहरी, ब्रिटिस गोर्खासम्बन्धी तथ्याङ्क राख्ने कार्यालय, अध्यागमन कार्यालयबाट नमूना आउने गरेको छ ।
खासगरी अंश मुद्दामा वा नाता कायम गर्ने नातामा डीएनए परीक्षण हुँदै आएको छ । मुद्दा जिल्ला, पुनरावेदन वा सर्वोच्च अदालतमा पुग्दा पनि परीक्षणका लागि आउने गरेको डिएनए युनिटका प्रमुख क्षेत्रीले बताए । उनले भने, “कहिलेकाहीँ जिल्लामा नै मुद्दा हुँदा परीक्षण हुन्छ भने कहिले पुनरावेदनका लागि माथिल्लो अदालतमा पुग्दा पनि आउने गरेको छ ।”
डीएनए परीक्षणका लागि गत आवमा १२८ मुद्दाका २४० नमूना प्राप्त भएकामा समितिले राय दिइसकेको छ । जैविक नाता कायमसम्वनधी २३ मुद्दाका ६५ नमूना थियो । जनावरको प्रजाति पहिचानसम्वनधी ९६ मुद्दामा १५३ नमूना परीक्षण गरिएको थियो । ६२ मुद्दाका १०२ नमूना वन्यजन्तुको मासु, हाड, दाँत, छाला, रौँ, पित्त, सिङ, खाग, कस्तुरी, बीना, रगत शङ्का गरेर परीक्षणका लागि ल्याइएको थियो । यी नमूना डिभिजन वन कार्यालय, प्रहरी कार्यालय, राजश्व अनुसन्धान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विभिन्न संरक्षण क्षेत्र, वन्यजन्तु आरक्ष, नगरपालिकाको कार्यालय, भेटेरिनरी अस्पताल र पशु सेवा कार्यालयबाट प्राप्त भएको थियो ।
प्रयोगशालाले जैविक नाता कायमसम्वन्धी एसटिआर एनालाइसिस र प्रजाति पहिचान डिएनए सिक्विन्सिङ प्रविधिमार्फत गरिँदै आएको छ । जनावर र मानिसको आठ वटासम्म नमूना एउटै प्रविधिबाट एउटै समयमा हुँदै आएको छ । सातामा दुई पटक परीक्षण गरिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
असार १७, २०८१ सोमबार
चितवनका एक हजार सात सय जनामा डेङ्गु संक्रमण
असार १६, २०८१ आइतबार
दुर्गमका स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
असार १३, २०८१ बिहिबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार