छुटेकालाई टाइफाइडविरुद्धको खोप वैशाख ९ गते लगाइने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०७९ बुधबार ३:४०:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/khop-1_UXaW24DuA3.jpg)
६ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले छुटेका बालबालिकालाई यही वैशाख ९ गते टाइफाइडविरुद्धको खोप लगाउने जनाएको छ ।
सरकारले गत चैत २५ देखि यही वैशाख १८ गतेसम्म खोप लगाउने तालिका सार्वजनिक गरेको भए पनि अहिले विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गर्ने समय भएकाले यही वैशाख ९ गते यसअघि छुटेकालाई खोप लगाउन लागिएको हो ।
कामपा सहरी स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीका अनुसार धेरै बालबालिकाले खोप लगाइसकेका छन् । छुटेका केहीलाई वैशाख ९ गते प्रत्येक वडा क्लिनिकबाट खोप लगाउने कार्यक्रम छ ।
यसअघि छुटेकालाई वैशाख ९ गते र त्यसपछि पनि लक्षित समूहमा कोही छुटे भने सरकारले तोकेको नियमित खोप लगाउने खोप केन्द्रमा गएर लगाउनुपर्ने प्रमुख त्रिपाठीले भन्नुभयो । सरकारले गत चैत २५ देखि वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्षसम्मका उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिरहेको छ ।
अभियान सहज होस् भन्नका लागि सामुदायिक र निजी गरी ६०० विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । कामपाले कम्तीमा २०० विद्यार्थी भएको प्रत्येक विद्यालयमा केन्द्र सञ्चालन गरेको थियो ।
राष्ट्रिय खोप कार्यक्रमलाई सरकारको पहिलो प्राथमिकता एवं जनस्वास्थ्यको सफल कार्यक्रमका रूपमा लिइएको छ । हाल यो कार्यक्रममार्फत १२ वटा एन्टिजेनसमेत समावेश गरी नियमित खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट बालबालिकाको बिरामी दर, अपाङ्गता र शिशु तथा बाल मृत्युदरसमेतमा उल्लेख्य कमी आउनसक्ने विश्वास सरकारको छ ।
नेपालमा अझै पनि टाइफाइड रोगको उच्च संक्रमण र जोखिम रहनुका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँच कारणभित्र यसलाई लिइएको छ । अभियानको सुरुआत गत चैत २४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार