क्यान्सर पीडित मक्करबहादुर कामीकाे उपचारमा आर्थिक संकट
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १८:१७:१
१३ वैशाख, मुगु । जुम्लाको चन्दननाथ नगरपालिका-४ सिंङगाचौरका २२ वर्षीय प्रकाश विश्वकर्मा काका मक्करबहादुर कामीको औषधि उपचार गर्न बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पुगेका छन् । ३५ वर्षीय प्रकाशका काका विगत पाँच महिनादेखि जिब्रोमा क्यान्सर रोगबाट पीडित भएपछि उपचार गर्न ऋण र मजदुरीबाट आएको रकम बाेकेर उनी चितवनमा पुगेका हुन ।
तर, यतिबेला आफूले लिएर आएकाे पैसा सकिएकाले काका मक्करबहादुरकाे उपचारमा आर्थिक संकट भएकाे प्रकाशले बताए । गाउँबाट ऋण सापट गरी ल्याएको रकम चितवन पुग्दा र औषधि खर्चमा दुई लाखभन्दा बढी रकम सकिएकाे भन्दै प्रकाशले अहिले औषधि किन्नसमेत पैसा नभएकाे बताए । औषधि र खानेकुरा किनेर खान समेत समस्या भएकाे भन्दै उनले आर्थिक सहयाेगका लागि अपिल गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार हुन नसकेपछि चितवन पुगेका उनीहरू अहिले आर्थिक अभावमा परेपछि उपचार र खाना खानसमेत समस्यामा परेका हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिफर गरेरपछि उनीहरू चितवन पुगेका हुन् ।
प्रकाशले काका मक्करबहादुरकाे उपचारमा आर्थिक सहयाेग गर्न चाहनेहरूले क्षेत्रबहादुर कामीको नाममा रहेको कुमारी बैंक लिमिटेडको खाता नम्बर ०८७०१३३०८६०००००१ मा पैसा जम्मा गरिदिनुहुन अनुराेध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
लगानी सहजीकरण सम्बन्धमा उद्योगमन्त्री र तीन दलका प्रमुख सचेतकबीच छलफल
असार १७, २०८१ सोमबार
बलिउड अभिनेता शत्रुघन सिन्हा अस्पतालमा भर्ना
असार १७, २०८१ सोमबार
बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको रणवाङको फाँट
असार १७, २०८१ सोमबार
शेरीगाउँ आसपासको दृश्य
असार १७, २०८१ सोमबार
सुन्दरीजल क्षेत्रमा हिउँदमा खानेपानी अभाव, वर्षामा धमिलो पानी
असार १७, २०८१ सोमबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार