चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरी क्लिनिक सञ्चालन गर्ने दुई जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १४, २०७९ बुधबार १८:५८:११
१४ वैशाख, मोरङ । इजाजतपत्र नलिई क्लिनिक सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पथरी शनिश्चरे नगरपालिका–१ फिलिम हल लाईनस्थित श्री राम पाइल्स क्लिनिकका सञ्चालक २७ वर्षीय पर्सनजित बर्मन र सुन्दरहरैँचा नगरपालिका–३ गछिया चोकस्थितमा कल्पना आयुर्वेदिक क्लिनिकका सञ्चालक २९ वर्षीय सनोड मण्डल रहेका छन् ।
पक्राउ परेका दुवै जना भारतको दार्जिलिङका हुन् ।
चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका तथा कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजतपत्र प्राप्त समेत नगरी उनीहरुले क्लिनिक सञ्चालन गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार
महिला उद्योगी व्यवसायी बढ्दै, १० महिनामा दुई करोड ६३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
आम्दानीको स्रोत बन्दै बगरखेती
जेठ ७, २०८१ सोमबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार