जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सुचना प्रणाली
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार १७:५५:२३
![](https://nepalbahas.prixacdn.net/media/albums/Gulmi-Hospital-1_zCkXz8VCy4.jpg)
१९ जेठ, काठमाडौं । लुम्बिनी प्रदेश स्थितजिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सुचना प्रणाली थप परिस्कृत बनाएको छ । यस अन्र्तगत अस्पतालले आफ्नो इलेक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टमलाई वेब वेस्ड सिस्टममा स्तरवृद्धि गरी विरामीको महत्वपूर्ण स्वास्थ्य विवरण डिजिटल रुपमै राख्न सक्ने व्यवस्था गरेको छ ।
यसले विरामीको रोगको निदान र उपचारको गुणस्तर बढाउन थप सहज हुनेछ । उक्त स्वास्थ्य सुचना प्रणाली स्तरवृद्धिमा स्वास्थ्य बीमा तथा डिएचआइएस–२ इन्टिग्रेसन गरी दुई महत्वपूर्ण विशेषताहरु पनि कार्यान्वयन गरिएको छ ।
स्वास्थ्य बीमा बोर्ड प्रवद्र्धित स्वास्थ्य बीमामा आबद्व विरामीहरुको इलिजिविलिटी अर्थात बाँकी बीमा सुविधा रकम हेर्ने सकिने र बीमा दावी पनि इएमआर सफ्टवेयर मार्फत डिजिटल रुपमै गर्न सकिने इन्टिग्रेटेड सिस्टम सुरु गरेको छ । बिरामीको प्रत्येक बिल स्क्यान गरी अपलोड गर्नु नपर्ने गरी स्वास्थ्य सुचना प्रणालीबाट सिधै बिरामीको बिल अपलोड गर्न सकिने भएको छ । यसले गर्दा समयको बचत हुनुका साथै बिगतमा जस्तो तोकिएको समय सीमाभित्र बीमा दावी गर्न नसक्दा अस्पतालले नोक्सान व्यहोर्नुपर्ने समस्याको समाधान हुने छ ।
त्यसैगरी, डिएचआइएस–२ इन्टिग्रेसनले अब अस्पताल सुचना प्रणालीलाई नेपाल सरकारको एचएमआइएस रिपोर्टिङ प्लेटफर्म सँग जोडेको छ । अस्पतालको मेडिकल रेकर्डरलाई अस्पतालको स्वास्थ्य सुचना प्रणाली मार्फत डिएचआइएस–२ प्लेटफर्ममा सिधै मासिक रिपोर्टहरु पठाउन सकिने भएको छ । यसले गर्दा विगतमा जस्तो प्रत्येक शाखाबाट डाटा संकलन गरी डिएचआइएस–२ प्लेटफर्ममाम्यानुअल डाटा इन्ट्रि गर्नु पर्ने छैन ।
अस्पतालले विरामीहरुको सहजतालाई मध्यनजर गर्दै अनलाइन अपोइन्टमेन्ट र पोर्टल सेवापनि सुचारु गर्ने तयारी गरेको छ । यस मार्फत विरामीहरुले अस्पतालमा कार्यरत आफुले चाहेको डाक्टरसँग मोबाइलवालेटमार्फत् घरमै बसि अपोइन्टमेन्ट बुक गर्न र परामर्श शुल्क भूक्तानीगर्न सक्नेछन् र साथसाथै विरामीहरुले आफ्नो ल्याब टेस्ट रिपोर्टहरु पनि घरमै बसि अनलाइनमार्फत् हेर्न सक्नेछन् । यी सेवाहरुगुल्मी अस्पताल, निक साइमन्स इन्टिच्यूट र अस्पतालहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (इएमआर) सफ्टवेयर सेवाप्रदान गरीरहेको कम्पनीको जेन्ट हेल्थको सहकार्यमा संचालन गरेको हो ।
कोजेन्ट हेल्थप्रा.लि स्वास्थ्य सूचनाप्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो । कम्पनीले इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) माआधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको कामगर्दै आएको छ । कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब लगायत ई–अपोइन्टमेन्ट जस्ता प्रविधिहरु नेपाल भरका सयभन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनः १२ समूहका नेताले प्रस्तुत गरेको दस्तावेज आज अनुमोदन गरिने
असार १९, २०८१ बुधबार
तोलामा ४ सयले बढ्यो सुन मूल्य
असार १९, २०८१ बुधबार
नौवटा गाईका बाच्छासहित तस्कर पक्राउ
असार १९, २०८१ बुधबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
सभापति रवि लामिछानेले बैठक लाइभ नगरी बोल्न रोकेको भन्दै महामन्त्री ढकालले टाले मुख
असार १९, २०८१ बुधबार
बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्ने सञ्चालकसहित ५ जना पक्राउ
असार १९, २०८१ बुधबार