शहरी स्वास्थ्य केन्द्र विस्तार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २२:५७:५२
![](https://nepalbahas.prixacdn.net/media/albums/swasthya-chauki_OvsU9n0Osi.jpg)
२५ जेठ, रामपुर (पाल्पा) । स्वास्थ्य सेवा प्रभावकारी बनाउन रामपुर नगरपालिकाले यसको सेवा विस्तारमा जोड दिएको छ । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कामलाई अगाडि बढाएको छ । स्थानीय तहको निर्वाचनपछि नागरिकलाई गाउँ ठाउँमै सहज, सरल र सुलभ सेवा दिने उद्देश्यले स्वास्थ्य संस्था र सेवा विस्तार गर्दै लगिएको छ । नगरपालिकाको केन्द्रदेखि टाढा रहेको वडा १ र २ का माथिल्लो वस्तीका स्थानीयलाई लक्षित गर्दै चण्डिहानमा स्वास्थ्य केन्द्रको स्थापना गरी सेवा दिन थालेपछि ठूलो राहत मिलेको छ ।
यसअघि तीन स्वास्थ्य संस्थाबाट सेवा दिदै आएकोमा अहिले चण्डीहानमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी चार संस्थाबाट स्वास्थ्य सेवा दिन थालिएको हो । स्वास्थ्य चौकी गाँडाकोटका प्रमुख मजिबुर रहमान शेखले आवश्यकता अनुरुप गत वैशाख ५ गतेदेखि शहरी स्वास्थ्य केन्द्रबाट अनमी सहित दुई जना कर्मचारीबाट सेवा दिइरहेको जानकारी दिए । पुरानो गाविस भवन मर्मत गरी स्थापना गरिएको शहरी केन्द्रबाट हाल नियमित खोप, दैनिक बिरामी जाँच, सुरक्षित मातृत्व, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन सेवा र सचेतनालाई प्राथमिकता दिने बताइएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले नागरिकलाई सहज सेवा दिन पायक पर्ने ठाउँमा स्वास्थ्य केन्द्र स्थापना गरिएको बताए । स्थानीय सरकार नागरिकको सेवामा हरबखत तल्लिन रहेको र आवश्यक पर्ने सामग्री नगरले बन्दोबस्त गर्ने बताउँदै नगरप्रमुख थापाले आवश्यक पर्ने सेवा सुबिधा स्वास्थ्य केन्द्रबाट लिन स्थानीयलाई आग्रह गरेका छन् नगर स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले अहिले रामपुरमा १६ वटा स्वास्थ्य संस्थाबाट नगरवासीले सेवा पाइरहेको बताए । नेपालमा नै पहिलो विसं २०७० मा जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा भएकाले यसको निरन्तरतामा जोड दिएको उनले बताए । स्वास्थ्य चौकीसहित गाँडाकोटमा आधारभुत स्वास्थ्य केन्द्र भलायटार, शहरी स्वास्थ्य केन्द्र खयरबोट र शहरी स्वास्थ्य केन्द्र चण्डीहानले वडा नम्वर १ र २ का नागरिकलाई नियमित सेवा दिनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गु संक्रमणको जोखिम रोक्न उच्च सतर्कता
असार १८, २०८१ मंगलबार
मुसिकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
असार १८, २०८१ मंगलबार
मानव–वन्यजन्तुबीचको द्वन्द्व हटाउन वन्यजन्तु विज्ञहरुसँग छलफल
असार १३, २०८१ बिहिबार
एआईजी कि हबल्दार मेजर ?
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
नेपालबहस संवाददाता
असार १६, २०८१ आइतबार
एआईजी कि हबल्दार मेजर ?
असार १८, २०८१ मंगलबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
असार १८, २०८१ मंगलबार
सत्ता सजिलै नछाड्ने प्रधानमन्त्री प्रचण्डको संकेत, अब कसरी गठन हुन्छ नयाँ सरकार ?
असार १९, २०८१ बुधबार
नेकपा एसको महाधिवेशनः १२ समूहका नेताले प्रस्तुत गरेको दस्तावेज आज अनुमोदन गरिने
असार १९, २०८१ बुधबार
तोलामा ४ सयले बढ्यो सुन मूल्य
असार १९, २०८१ बुधबार
नौवटा गाईका बाच्छासहित तस्कर पक्राउ
असार १९, २०८१ बुधबार
कोपा अमेरिकाको क्वाटरफाइनलको समीकरण पुरा
असार १९, २०८१ बुधबार
सभापति रवि लामिछानेले बैठक लाइभ नगरी बोल्न रोकेको भन्दै महामन्त्री ढकालले टाले मुख
असार १९, २०८१ बुधबार
बीमा रकमको लोभमा आफ्नै पसल चोरीको अभिनय गर्ने सञ्चालकसहित ५ जना पक्राउ
असार १९, २०८१ बुधबार