सेक्स क्रोमोजोम ५०० मध्ये एक पुरुषमा हुने अनुमान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r4uYBOLq3K.jpeg
)
नेपालबहस संवाददाता
जेठ २९, २०७९ आइतबार १६:५४:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/sex-cromosom_70lJRxpd5w.jpg)
२९ जेठ, एजेन्सी । ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप२ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले थप एक्स वा वाई क्रोमोजोम भएका पुरुषहरूलाई आफूलाई हुने पीडाको बारेमा कम सचेत हुने सम्भावना रहेको देखाएको छ ।
जेनेटिक्स इन मेडिसिनमा प्रकाशित अध्ययनमा अन्वेषकहरूले युके बायोबैंकबाट ४० देखि ७० वर्ष उमेर समूहका २ लाखभन्दा बढी बेलायती पुरुषहरूको आनुवंशिक तथ्यांकको विश्लेषण गरेका थिए ।
उक्त बायोमेडिकल डाटाबेसमा ५ लाख सहभागीको अज्ञात आनुवंशिक, जीवनशैली र स्वास्थ्य जानकारी समावेश थियो । एक्सेटर विश्वविद्यालयका अन्वेषकहरूले ४० देखि ७० वर्षसम्मका युरोपेली वंशका २ लाख ७ हजार ६७ पुरुषहरूको डीएनए परीक्षण गरेका थिए । तिनीहरूले अतिरिक्त एक्स क्रोमोजोम भएका २३१ पुरुष र थप वाई क्रोमोजोम भएका १४३ पुरुषहरू पहिचान गरेका थिए ।
सेक्स क्रोमोजोमले हाम्रो जैविक लिंग निर्धारण गर्दछ । पुरुषहरूमा सामान्यतया एउटा एक्स र एउटा वाई क्रोमोजोम हुन्छ । जबकि महिलामा दुई एक्स क्रोमोजम हुन्छन् ।
केही मानिसमा थप एक्स वा वाई क्रोमोजम (एक्स, एक्स वाई वा एक्सवाईवाई) क्रोमोजोम हुने र त्यसका कारण उनीहरूलाई टाइप २ डायबिटिजि, रक्त नली थुनिने र क्रोनिक अब्स्ट्रक्टिभ पलमुनरी डिजिज (सीओपीडी) हुने अध्ययनमा जनाइएको छ ।
अध्ययनका लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयको मेडिकल रिसर्च काउन्सिल (एमआरसी) एपिडेमियोलोजी युनिटका पीएचडी विद्यार्थी याजी झाओले एक विज्ञप्तिमा भनेका छन्, ‘उल्लेखनीय संख्यामा पुरुषहरूले अतिरिक्त सेक्स क्रोमोजोम बोकेका भए पनि तिनीहरूमध्ये थोरै यस बारे सचेत हुन सम्भव छ । यो अतिरिक्त क्रोमोजोमको अर्थ उनीहरू सामान्य मेटाबोलिक, भास्कुलर, र श्वासप्रश्वाससम्बन्धी रोगहरूको धेरै उच्च जोखिममा छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
बेलायतमा लेबर पार्टीका नेता स्टारमर प्रधानमन्त्रीमा नियुक्त
असार २१, २०८१ शुक्रबार
राष्ट्रिय महिला क्रिकेट खेलाडी बेगम निलम्बन, आचारसंहिता उल्लंघन गरेको आरोप
असार २१, २०८१ शुक्रबार
अशोक राई नेतृत्वको जसपाले पनि फिर्ता लियो सरकारलाई दिएको समर्थन
असार २१, २०८१ शुक्रबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता
असार २१, २०८१ शुक्रबार
सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
असार २१, २०८१ शुक्रबार