के तपाईलाई थाहा छ ? मनतातो पानी पिउनुका फाइदा !
नेपालबहस संवाददाता
असार १, २०७९ बुधबार २१:०:४५
१ असार, काठमाडाैं । तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । मानव जीवनमा पानीको महत्व धेरै छ। यो हामीलाई थाहा भएकै कुरा हो र अनि हामी पानी पिउँछौँ पनि। तर पानी खाने समय र तरिकाबारे अझैपनि हामी बेखबर नै छौँ।
के तपाईलाई थाहा छ ? बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। पानीले तिर्खा मेट्ने मात्र होइन, यसको नियमित सेवनले सम्भावित कैयौं रोगबाट पनि बच्न सकिन्छ।
प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्।
स्वस्थ रहनका लागि पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । यसरी पिउने पानी मनतातो भएमा त्यसले स्वास्थ्यमा पूराउने फाइदा अझै बढि हुन्छ ।
गर्मी याममा दिउँसो मनतातो पानी पिउन नसक्दा समेत यदि बिहानमा मात्र पनि पिउन सकेमा त्यो निकै फाइदाजनक हुन्छ । मनतातो पानी पिउनुका फाइदा यस्ता छन् ।
यस्ता छन्, फाइदा
१. बिहानै उठेर पानी पिउँदा शरीरभित्रका हानीकारक तत्व सफा हुन्छ। रगत सफा हुन्छ। र छालासमेत स्वस्थ भई चमक आउँछ।
२. बिहानै पानी पिउने गरे शरीरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ। शरीरका मांसपेशीसमेत बलियो हुन्छ।
३. खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ। यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन सुरु गरिहाल्नुस्।
४. बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरीरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ। कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ।
५. बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मिर्गौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ। त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सभापति देउवासँग अध्यक्ष नेपालको भेट
नेपालबहस संवाददाता
असार १८, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
प्रधानमन्त्रीले राजीनामा नदिने, छिट्टै विश्वासको मत लिने
असार २०, २०८१ बिहिबार
महिलाको ३३ र दलितको १४ प्रतिशत सीट सुरक्षित गरेर समानुपातिक प्रणाली हटाउनुपर्छः कोइराला
असार २१, २०८१ शुक्रबार
सन्दीपलाई क्यानले दियो ए ग्रेडको केन्द्रीय सम्झौता
असार २१, २०८१ शुक्रबार
सहकारी ठगीः ११ अर्ब ६६ करोड रकम दाबिसहित ५५ हजार ४ सय पीडितले दिए उजुरी, ९८ मुद्दा कारवाहीमा
असार २१, २०८१ शुक्रबार
असार २८ गते विश्वासको मत लिन प्रधानमन्त्रीले संसद सचिवालयमा पठाए पत्र
असार २१, २०८१ शुक्रबार
रौतहटमा १ हजार ७०० वटा भारतीय चल्ला सशस्त्र प्रहरीद्वारा बरामद
असार २१, २०८१ शुक्रबार
लिज ट्रस टेरी जेरेमीसँग ६३० मत अन्तरले पराजित
असार २१, २०८१ शुक्रबार