दलहरुप्रति जनताको अविश्वासको निरन्तर ओर्हालो यात्रा
यज्ञप्रसाद भट्टराई
असार ४, २०७९ शनिबार २०:४७:४६
बिगत लामो समयसम्म नेपाली जनताले दलका प्रतिनिधिहरुलाई अत्यन्तै ठूलो भरोसा र विश्वास नगरेका होइृनन् । दलका प्रतिनिधिहरुले देश र जनताको पक्षमा जति काम गर्नुपर्ने थियो, त्यति काम पक्कै पनि हुन सकेन । त्यसमा दुविधा रहेन तर जति विश्वासका साथ गर्नुपर्ने थियो त्यसमा भने प्रशस्तै प्रश्न चिन्ह लाग्ने ठाँउहरु देखिएका छन् ।
विकास एकैदिनमा भइहाल्ने बिषय होईन तर विकासमा इमान्दारिता नदेखिदाँ नेपालका राजनीतिक दलका नेताहरुप्रति नेपाली जनताको विश्वासमा क्षयीकरण हुँदै जान थालेको देखिदैछ । यसको असर बिगतको स्थानीय निर्वाचनमा केही मात्रामा देखिएतापनि अब हुने प्रदेश र संघीय निर्वाचनमा अत्यन्तै बिकराल रुपमा देखिने संभावना देखिदैछ । यसतर्फ नेपालका राजनीतिक दलहरु अझै पनि गम्भीर हुन सकेका छैनन् ।
हेर्दा, सुन्दा र कुरा गर्दा समेत लाज लागने विषय हो, राजधानीको फोहोर व्यवस्थापन । तिसौ बर्षसम्म पनि जाबो काठमाडौं शहरको फोहोरको व्यवस्थापन गर्न नसकेका राजनीतिक दलको पटकपटकको असफलता देखि सकेपछि बाध्य भएर एउटा निरीह स्वतन्त्र रुपमा राजधानीको शहर सफा गर्छु भन्ने मेयरको आशमा राजधानीबासी पुगेका छन् । यस्तो अवस्था आउनु पक्कै पनि राजनीति गर्छौ भन्ने राजनीतिक दलहरुका लागि सुहाउँदो पक्ष भने होईन । यति हुँदाहुँदै पनि जनताले दलको विकल्प खोज्नु बाहेकको अर्को अवस्था पनि बाँकी रहेको देखिदैन ।
गएको स्थानीय निर्वाचनमा अनेत तिकडम र अनैतिक साँठगाँठ गर्दा पनि काठमाडाैं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारका रुपमा खडा भएका बालेन शाहलाई हराउन राजनीतिक दलहरुको केही जोर नचलेपछि अहिले काठमाडौंबासीले अत्यन्तै धेरै बिश्वास गरि अत्यन्तै ठुलो साहस र हिम्मतका साथ नगरपिताका रुपमा चुनेका बालेन शाहलाई हरक्षेत्रबाट असफल र बदनाम बनाउन खोजिदैछ ।
आफुले सरकार बनाए सय दिनसम्म हनिमुन समय हो भन्दै डुक्रिने दलहरु र तिनै दलका आडमा राज्यकोषको चरम दोहन गर्न पल्किएका भतुवाहरु भने मेयर भएको महिना दिन समेत हुन नपाउँदै परिणाम खोज्न थालेका छन् । काठमाडौंबासीहरुले राम्रोसँग चिनिसकेका दलका अनुहारहरु कसकाे गोरो छ र कसकाे कालो छ भनेर उत्तर दिनु अब आवश्यक नरहेको देखिदैछ ।
स्थानीय निर्वाचनमा राजनीतिक दलहरुले ल्याएको मतपरिणामले राजधानी मै दलको धोती फुस्किएको प्रष्ट रुपमा देख्न सकिन्छ । जन अभिमतले आफुहरुलाई सुध्रिन संकेत गरिसक्दा पनि देश र जनता विरोधि कार्यमा निरन्तर लागिरहने नेपालका राजनीतिक दलहरुको आगामी यात्रा झनै कठोर र अध्यारो देखिन्छ ।
हिजो जसले अत्याधिक मत दिएर नेता बनाएका थिए, आज तिनै नेता र नेताका परिवारका सदस्यहरुको लज्जाजनक हारले अबको प्रदेश र संघीय निर्वाचनमा कुन मुख लिएर फेरि तिनै जनताका आँगनमा भोट माग्न जान्छन होला ? भन्ने आम नेपाली नागरिकमा अहिले बहसको विषय बनिरहेको छ ।
जनताका प्रतिनिधिका रुपमा महानगरको नेतृत्व सम्हालेदेखि नै कार्यक्षेत्रमा अहोरात्र खटिएका बालेनको कार्यशैली देखेर पनि अहिले राजनीतिक दलहरु थप आक्रान्त देखिएका छन् । हिजो जग्गा बचेर निर्वाचन जित्ने अनि पटके कर उठाएर चुनाव खर्च असुल्न पल्किएकाहरुलाई भने अबका निर्वाचनमा चुनाव जित्न निक्कै हम्मेहम्मे देखिन्छ ।
दलहरुप्रति जनताको अविश्वास निरन्तरको ओर्हालो यात्राले देश र जनताले विश्वास गरि पत्याएका स्वतन्त्र ब्यक्तिहरुको राजनीतिमा ईन्ट्री हुने सम्भावना बढेर गएको देखिन्छ । दलहरुका पटकपटकका देश र जनताप्रति गरेका घात र अबिश्वासले हामी जस्ता अलिकति लाज र शरम बाँकी रहेका मनुवाहरुलाई त अप्ठ्यारो लाग्छ नै तर लाज, शरम र इज्जत गुमाएर राजनीतिमा अडिएका भ्रष्टहरुलाई के को अप्ठ्यारो लाग्नु ??
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
राज्यसंयन्त्र र नेताहरूको यस्तो व्यवहारमा समाजवादको कल्पना गर्न सकिएला ?
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार