बागमती प्रदेश सरकारले विभिन्न व्यक्ति तथा संस्थालाई पदक प्रदान गर्ने
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार १८:२७:२२
२८ असार, बागमती । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप पदक वितरण गर्ने भएको छ । विभिन्न २२ विधामा पदक वितरण गर्न लागेको प्रादेशिक आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत पेशलकुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार यही असार ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गर्नेछन् । गणतन्त्र दिवसका अवसरमा निर्णय भएअनुसार उनीहरुलाई सम्मान गर्न लागिएको अधिकृत पोखरेलले बताए । उनका अनुसार सुरक्षातर्फ ‘शान्तिमाला’ पदक नेपाल प्रहरीका तीनजनालाई, ‘प्रदेश रक्षक’ पदक सशस्त्र प्रहरी बलका एकजनालाई, ‘शान्तिदीप’ पदक नेपाली सेनाका एकजनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदक चारजनालाई, स्वास्थ्यतर्फ ‘मृत्युंजय’ पदक दुईजनालाई, खेलकूदतर्फ ‘प्रदेश शान’ पदक दुईजनालाई प्रदान गरिने छ ।
त्यस्तै कृषितर्फ ‘कृषि किरण’ पदक दुई कृषि फर्मलाई, सहकारीतर्फ ‘सहकारी प्रवर्धन’ पदक दुई सहकारीलाई प्रदान गरिने भएको छ । प्रदेश सरकारले उद्योगतर्फ ‘उद्यमशीलता’ पदक तीनजनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदक एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदक एकजनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदक एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदक तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदक एकजनालाई, प्रविधितर्फ ‘नव प्रवर्तन’ पदक दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदक एकजनालाई, कलातर्फ ‘कलाकीर्ति’ पदक तीनजनालाई, संस्कृतितर्फ ‘संस्कृतिदीप’ पदक एकजनालाई , साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदक एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदक एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदक दुई नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदक छजनालाई प्रदान गर्न लागिएको उक्त मन्त्रालयले जनाएको छ । मन्त्रालयले पदक ग्रहण गर्न आउँदा औपचारिक पोशाक दौरा सुरुवाल तथा आफ्नो पहिचान झल्कने वेषभूषामा उपस्थित हुन आग्रह गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित भएर रहने भो २०८१ सालको जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अबको ५० दिनमा इरानमा चुनाव हुन्छ कि हुँदैन ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार