आयुर्वेदमा सेवाग्रहीको आकर्षण बढ्दो
नेपालबहस संवाददाता
असार २८, २०७९ मंगलबार २०:४९:१७
२८ असार, कर्णाली । सुर्खेतस्थित कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश आयुर्वेद औषधालयमा सेवाग्रहीको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक सेवाले नागरिकको विश्वास जित्न थालेपछि यसमा सेवाग्रहीको आकर्षण बढेको हो ।
औषधालयको विगत तीन वर्षको तथ्यांक नियाल्दा आयुर्वेदिक चिकित्सा सेवा लिने सेवाग्रहीको संख्यामा वृद्धि भएको हो । आर्थिक वर्ष २०७६÷७७ मा २८ हजार ३५५ र आव २०७७÷७८ मा ३० हजार ५३६ जनाले आयुर्वेद सेवा लिएकामा आव २०७८÷७९ मा ४० हजार ८५ जनाले सेवा लिएका औषधालयका प्रमुख डा शंकरप्रसाद रिजालले बताए । “चालु आवमा १० हजार बढी सेवाग्रहीले यहाँबाट सेवा लिएका छन्,” उनले भने, “पछिल्लो समयमा आयुर्वेदिक चिकित्साले धेरैको ध्यान खिचेको छ । यो सकरात्मक पक्ष हो ।”
प्रमुख डा. रिजालले आर्थिक वर्ष २०७८÷७९ मा २२ हजार ७४९ले साधारण उपचार, छ हजार ५०५ ले पंचकर्म, २५० जनले स्तनपायी आमा सेवा लिएको बताए । यस्तै सात हजार ४१२ ज्येष्ठ नागरिक र एक हजार ५१८ अन्य बिरामीले निःशुल्क सेवा लिएका थिए ।
त्यस्तै एक हजार ६०१ गाउँघर क्लिनिक, क्षारसुत्र ४८ र कोभिड–१९ का तीन बिरामी गरी प्रदेश औषधालयबाट चालु आवमा कूल ४० हजार ८६ जनाले सेवा लिएका छन् । चौवालिस प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयले बहिरङग, प्रयोगशाला, क्षारसुत्र सेवा, पूर्वकर्म÷पंचकर्म सेवा, स्तन्यवर्धक औषधि वितरण र ज्येष्ठ नागरिक स्वास्थ्य रक्षा तथा प्रवर्धन कार्यक्रम पनि गर्दै आएको छ ।
उनका अनुसार स्वस्थ जीवनका लागि दैनिक योग, ध्यान, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रम, एक्सरे सेवा, भिडियो एक्सरे, शःशुल्क फार्मेसी सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर र आयुर्वेद जडीबुटीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको थियो। आगामी आवदेखि अकुपंचर र फिजियोथेरापी सेवा पनि विस्तार गर्ने योजना रहेको प्रमुख डा. रिजालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
बाँदरबाट जोगाउन नसकिएपछि धानको विकल्पमा कागतीखेती
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुँदा बिरामी मर्कामा
जेठ ७, २०८१ सोमबार
प्रतिपक्षी दलहरुको निष्कर्ष, सभामुख मर्यादाहीन भए
जेठ ७, २०८१ सोमबार
कृषकलाई अनुदानमा धानको बीउ वितरण
जेठ ७, २०८१ सोमबार
जलेश्वर कारागार जीर्ण, कैदीबन्दीलाई समस्या
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार