बढे औलोका बिरामी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_2iMmAyes8c.jpeg
)
नेपालबहस संवाददाता
असार २९, २०७९ बुधबार १९:४३:४२
![](https://nepalbahas.prixacdn.net/media/albums/aaulo_yw724yN5e5.jpg)
२९ असार, चितवन । जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन् ।
स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क व्यक्ति उर्मिला आचार्यका अनुसार भाइभाक्स, फाल्सिपारम, मलेरी, ओवाले, नोलेसीमध्ये कुनै एक परजीवी सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग सर्ने गर्दछ । ती परजीवीमध्ये फाल्सिपारम सबैभन्दा डरलाग्दो हुने उनले जानकारी दिए ।
विश्वमा चार सय जातका एनोफिलिज जातका लामखुट्टे पाइने भए पनि ६० जातमा मात्रै औलोको परजीवी प्रमाणित भएको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षमा कोरोनाका कारण लकडाउन हुँदा मानिस घरबाट बाहिर ननिस्कनु, पानी कम परेकाले बिरामीको सङ्ख्या कम भएको उनले बताए । यस वर्ष नियमित जसो पानी पर्नु र मानिसको चहलपहल बढ्नुले औलोको सङ्क्रमण बढेको उनले जानकारी दिए ।
औलो हुँदा लगातार वा दिन बिराएर ज्वरो आउनु, चेतनामा परिवर्तन आउनु अथवा बेहोस हुनु, कम्जोर हुनु वा उठबस गर्न नसक्नु, खान नसक्नु, धेरै कम्पन हुनु, गहिरो स्वास लिनु लगायतका लक्षण देखापर्ने गर्दछ ।
यस रोगबाट बच्न पानीका खाल्डाखुल्डी पुर्नु पर्ने, झूलको प्रयोग नियमित गर्नुपर्ने, शङ्कास्पद देखिए तत्काल चिकित्सकको परामर्शमा जानु औलोबाट बच्ने मुख्य उपाय रहेको कार्यालयले जनाएको छ । नेपाललाई सन् २०२६ सम्म औलो मुक्त बनाउने घोषणा गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएकालाई निःशुल्क व्हील चेयर र कमोट चेयर प्रदान
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी
असार ११, २०८१ मंगलबार
रास्वपाले लुकाउन नसकेका पाँच झूट
विनोद त्रिपाठी
असार १९, २०८१ बुधबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
नेपालबहस संवाददाता
असार २१, २०८१ शुक्रबार
एकीकृत समाजवादीले घोषणा गरेका ९३ जना केन्द्रीय सदस्यभित्र अटाएनन् प्रेम आले
असार २१, २०८१ शुक्रबार
भान्छा कोठामा पसेको बिषालु गोमन सर्प
असार २१, २०८१ शुक्रबार
युरोकपको क्वाटरफाइनलमा आज राती पोर्चुगल र फ्रान्स भिड्दै
असार २१, २०८१ शुक्रबार
बाँझो जग्गामा ड्रागन फ्रुट, आम्दानी पनि राम्रो
असार २१, २०८१ शुक्रबार
जसपाका मन्त्रीहरूले दिए राजीनामा
असार २१, २०८१ शुक्रबार
हुम्लामा तीन दिनदेखि हवाई सेवा अवरुद्ध
असार २१, २०८१ शुक्रबार
छुम्बी लामा बने क्यानको प्रवक्ता
असार २१, २०८१ शुक्रबार
आइतबारसम्म बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
असार २१, २०८१ शुक्रबार
भोटेकोशी आयोजनाको स्ल्याब भत्किँदा २ बेपत्ता, सातजना घाइते
असार २१, २०८१ शुक्रबार