संसारमा सबैभन्दा जान्ने मान्छेले कतिसम्म पढेको होला ?
यज्ञप्रसाद भट्टराई
साउन १४, २०७९ शनिबार १३:५०:४९
आजभोलि मेरा मनमा अनेक तर्क, कुतर्कहरु आउँछन्, जान्छन्, केही एकछिन रोकिन्छन्, केही झोक्रिन्छन्, केही भरिन भरिन खोज्छन् त केही भरिएर पोखिन्छन् । बिषयभावमा घोत्लिएर आफुले आफैलाई प्रश्न गर्छु, आफैभित्र उत्तर खोज्छु । समयका कालखण्डहरुसँगै यसरी घोत्लिनुको पनि छुट्टै मज्जा हुँदो रहेछ ।
मनै त हो, के जान्छ र मनको ? राम्रो मनले पनि कहिलेकाही नराम्रो कुरामा पनि बेलगाम भएर अड्डी लिन्छ, नराम्रा विचारहरुले मनभित्र स्थान जमाएपछि राम्रा कुराहरु ओझेलमा पर्नु स्वभाविक पनि हो । हुन त मानिसले पहिला मनमा जे कुराको परिकल्पना गर्छ ? पछि त्यही कुरालाई मुर्तरुप दिन निरन्तर लागिरहन्छ । पौराणिक कालदेखि वर्तमानसम्मका अनुभवहरुले यसैलाई ईङ्गित गरिरहेको देखिन्छ ।
कहिलेकाँही कल्पना गर्छु , मानव आफैंमा पुर्ण भएर पनि अपुर्ण छ । कही न कही कसै न कसैको सहारा र सहयोग बिना उसले सामान्य भन्दा सामान्य काम पनि फत्ते गर्न सक्दैन । कल्पना गर्छु, समष्टिगत रुपमा संसार नै आफैमा अपुर्ण छ जस्तो लाग्छ । त्यही भएर त रात आफैंमा पूर्ण नभएर अपुर्ण छ किनकी उसँग उज्यालो छैन, दिन आफैंमा पूर्ण नभएर अपुर्ण छ किनकि उसँग रात छैन, अध्यारो, उज्यालो, घाम, पानी, माटो, ढुङ्गो मात्र हैन, संसारका चराचर जगतदेखि प्राकृतिक सौदर्यता समेत सबैसबै अपुर्ण छन् जस्तो लाग्छ तर पनि यिनीहरु बीच आफैंमा अन्योन्याश्रित सम्बन्ध पनि छ, यिनीहरु एकअर्काका परिपुरक पनि हुन जस्तो पनि लाग्छ ।
कहिलेकाँही कल्पना गर्छु, म कति जान्ने छु ? म भन्दा कम जान्नेहरुको संख्या कति होला ? म भन्दा अलिकति बढी जान्ने कति होलान् ? झन सारा संसारलाई जान्ने कति होलान ? आफुले आफैलाई प्रश्न गर्छु, संसारमा सबैभन्दा जान्ने मान्छेले कतिसम्म पढेको होला खै ?
फेरि शास्त्रास्त्र तर्फ फर्कन्छु ‘अति सर्वत्र बर्जयेत’ भन्ने कुराले च्वास्स आफैंलाई सियोले घोचे झैं घोच्छ । कल्पना गर्छु, शान्तिका दूत भगवान गौतम बुद्धले कति पढेका थिए होलान ? वाल्मीकि र दधिची ऋषिले कुन युनिभर्सिटीबाट कतिवटा बिषयमा बिद्याबारिधि गरेका थिए होलान ? वाल्मीकि त मुर्खबाट विद्वान भएकाले सायदै स्कुल कलेज नै गएका थिएनन् होलान ? विदुरले पढेको कलेजमा अहिलेसम्म कति बिद्वान उत्पादन भैसके होलान ? चेखव र टैगोर त परको बात भो, शुकरात र मार्क्सले पनि धेरै नै पढेको हुनुपर्छ । भानु र लेखनाथले मात्रै हैन वर्तमानमा नाम चलेका दाँते या देवकोटाले कति पढेका थिए होलान ? कम्प्युटरका आविष्कारकले त झन कति पढेका थिए होलान् ? अहिले नाशामा कृयाशिल वैज्ञानिकहरुको पढाईको त झनै घतलाग्दा कथाहरु होलान भन्ने प्रश्नले निरन्तर सताईरहेको हुन्छ ।
‘बा’ भन्नुहुन्थ्यो बाबू ! पढेर मान्छे कहिले पनि ज्ञानी हुँदैन, परेर मात्रै जानकारी प्राप्त हुन्छ । पढनु र ज्ञान प्राप्त गर्नु नितान्त फरक बिषय हुन । मलाई लाग्थ्यो पढेपछि मान्छे ज्ञानी हुन्छ, बा पनि त्यसै जान्ने पल्टिनु हुन्छ । बा’ ले पढेको भए पो पढाईको अर्थ था’ हुन्थ्यो भन्ने कुरा पनि कहिलेकाँही मन भित्र नआएका होईनन् तर बा सँग मुखमुखै लाग्न नहुने भएर यी प्रश्नहरु बा रहँदासम्म अनुत्तरित नै रहे, बा गएपछि सदाका लागि बिलाएर गए ।
तर अहिले आएर ‘बा’ लाई सम्झन्छु, बाले भनेका हरेक कुरा सम्झन्छु । के मान्छे साँच्चै पढेर ज्ञानी हुँदैन त ? पढेको मान्छेले के न्याय र अन्याय छुट्याउँदैन त ? के सत्य र असत्य खुट्याउँदैन त ? के सही र गलत पनि भन्न सक्दैन त ? त्यसो भए के का लागि पढनु ? किन पढनु ? किन छोराछोरीलाई घरखेत बेचिबेची पढाउनु ? आजभोली आफैं भित्रका अनुत्तरित प्रश्नहरुको उत्तर खोज्न घोत्लिरहन्छु, घोत्लिरहन्छु ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपएन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार
वि.सं. २००७ सालपछिको राजनीति: अस्थिरताको पर्याय
जेठ १६, २०८१ बुधबार
राज्यसंयन्त्र र नेताहरूको यस्तो व्यवहारमा समाजवादको कल्पना गर्न सकिएला ?
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी हो : नेता निधि
जेठ १७, २०८१ बिहिबार
काठमाडौं महानगरको १५ औं नगर सभा जेठ ३२ मा
जेठ १८, २०८१ शुक्रबार
तराईमा अत्यधिक गर्मी, तातो लहरबाट बच्न अपिल
जेठ १८, २०८१ शुक्रबार
अब लाइसेन्स भएपनि बन्दुक घरबाहिर लैजान यात्रा अनुमति अनिवार्य लिनुपर्ने
जेठ १८, २०८१ शुक्रबार
सत्ता गठबन्धनका तीन शिर्ष नेताबीच भेटवार्ता, समसामयिक विषयवस्तुमा छलफल
जेठ १८, २०८१ शुक्रबार
पर्यटन विकास आयोजनाका दुई सव इन्जिनियर घुससहित पक्राउ
जेठ १८, २०८१ शुक्रबार
एन्टीथेसिसः दाहालको ‘थेसिस’ असफल, संविधानको अन्तरवस्तुमा संशोधनको बहस अपरिहार्य
जेठ १८, २०८१ शुक्रबार