लगानीकर्ताको हित र सुरक्षा बोर्डको प्राथमिकता : हमाल
नेपालबहस संवाददाता
साउन २०, २०७९ शुक्रबार १२:५७:३५
२० साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले लगानीकर्ताको हित र सुरक्षा बोर्डको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ ‘नाफिज’ ले बिहीबार आयोजना गरेको ‘पूँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हमालले बोर्डले धितोपत्र बजारमा रहेका समस्या समाधान गर्दै लगानीकर्ताको लगानी सुरक्षा गर्नुपर्ने बताएका हुन् ।
धितोपत्र बजारमा लगानीका अन्य उपकरणको कारोबार सहज बनाइने उल्लेख गर्दै उनले बजारमा रियल सेक्टरलाई यसै वर्षबाट पूँजी बजारमा भित्र्याइने जानकारी दिए ।
स्वच्छ र पारदर्शीरूपमा बुक बिल्डिङ सुरु हुने
अध्यक्ष हमालले स्वच्छ, पारदर्शी र निष्पक्षरूपमा बुक बिल्डिङको प्रक्रिया अगाडि बढ्ने बताए । यसअघिका कमीकमजोरी नदोहोरिने र बुक बिल्डिङलाई सेफ ल्याण्डिङ गराउने उनको भनाइ थियो । प्रविधिको उच्चतम प्रयोग गर्दै धितोपत्र बजारलाई थप मजबुद बनाउन बोर्ड लागि पर्ने उनले बताए ।
नेपाल स्टक एक्सचेञ्जका प्रबन्धक नीरञ्जन फुँयालले पूँजी बजारलाई सययअनुसार थप व्यवस्थित बनाउँदै लानुपर्ने आवश्यकता रहेको बताए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पूँजी बजारको विकासले अर्थतन्त्रमा पूँजी निर्माणमा महत्वपूर्ण योगदान गर्ने चर्चा गर्दै उत्पादनमा यसलाई जोड्नुपर्ने बताए ।
पूँजीको सही व्यवस्थापन गर्न सक्ने साक्षर लगानीकर्ताको पूँजी बजारमा संलग्नता हुन सके मात्र धितोपत्र बजारको विकास दिगो हुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
डीआईजी र एसएसपी सरुवामा गृहमन्त्रीको मनोमानी, ५ महिना नपुग्दै लखेटिए आचार्य
जेठ १७, २०८१ बिहिबार
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा
जेठ १७, २०८१ बिहिबार
मधेस प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ हुँदै
जेठ १७, २०८१ बिहिबार
बालिका बलात्कारीलाई आठ वर्ष कैद
जेठ १७, २०८१ बिहिबार
मधेसमा नयाँ सत्ता समीकरण : जनमतको नेतृत्वमा सरकार बनाउने सहमति
जेठ १७, २०८१ बिहिबार
राष्ट्रपति पौडेल स्वीट्जरल्यान्ड र जर्मनी भ्रमण जाँदै
जेठ १७, २०८१ बिहिबार
सरकार र आईसीसीबाट पहल गर्दा पनि सन्दीपलाई अमेरिकाले भिसा दिएन : क्यान
जेठ १७, २०८१ बिहिबार
पशुपति क्षेत्रको गुरूयोजना आगामी आर्थिक वर्षदेखि कार्यान्वयन हुने
जेठ १७, २०८१ बिहिबार