नेपाल फाइनान्सको शेयर लिलामी भर्ने आज अन्तिम मौका
नेपालबहस संवाददाता
भदौ ६, २०७९ सोमबार १७:३:२०
६ भदौ, काठमाडौं । नेपाल फाइनान्सको ११ लाख ३४ हजार ७१६.१८७ कित्ता शेयर लिलामी भर्ने सोमबार (६ भदौ) अन्तिम दिन हो । सोमबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।
यस लिलामीमा कम्पनीका संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ ।
न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीले यसअघि असार १७ गतेदेखि २४ गतेसम्म संस्थापक समूहको ११ लाख ३६ हजार ७१६.१८७ कित्ता र सर्वसाधारण समूहको ३ लाख २ हजार ६९६.२७५ कित्ता शेयर लिलामीमार्फत बिक्री गरेको थियो ।
तर, सो समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी शेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा बढ्यो
बैशाख २०, २०८१ बिहिबार
गोर्खाज फाइनान्सको साधारणसभा २ चैतमा, मुख्य एजेण्डा के हो ?
फागुन २८, २०८० सोमबार
गोर्खाज फाइनान्सको चैत २ गते बस्दैछ साधारणसभा
फागुन २२, २०८० मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार