बर्दिबास अस्पतालमा आइसियू सेवा संचालन हुने
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_UIxDgs76ai.jpeg
)
नेपालबहस संवाददाता
भदौ ९, २०७९ बिहिबार १९:५२:५
![](https://nepalbahas.prixacdn.net/media/albums/icu_185HB3GxP8.jpg)
९ भदौ, महोत्तरी । महोत्तरी बर्दिबास–२ स्थित बर्दिबास अस्पतालले आइसियू (सघन उपचार कक्ष) सेवा संचालन गर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेल अस्पतालले भेन्टिलेटर र आइसियू सञ्चालनका लागि दक्षजनशक्ति उपलब्ध गराउने भएपछि बर्दिबास अस्पतालमा सो सेवा विस्तार गर्न लागेको हो ।
पछिल्ला दिनमा सर्पदंशका गम्भीर प्रकृतिका बिरामी सघन उपचार सेवा नपाएर अकालमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । “हामीले गत साउनमै स्वास्थ्य सेवा विभागबाट भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण पायौँ, भर्खरै धुलिखेल अस्पतालसँग भएको सहकार्यले दक्षजनशक्ति पाइने भएको छ” बर्दिबास नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने,“अब अस्पतालमा भेन्टिलेटर सुविधासहितको सघन उपचार कक्ष सञ्चालन हुनेछ ।”
बर्दिबास नगरपालिका र धुलिखेल अस्पतालबीच बर्दिबास अस्पताल सञ्चालनार्थ पाँच बर्षे आयोजनामा सम्झौता समेत भएको छ । ती दुई निकायबीच स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको विकास र विस्तारसम्बन्धी १० बुँदे सम्झौता भएको हो। सम्झौतापत्रमा नगर प्रमुख क्षेत्री र धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रमका निर्देशक डा विराज कर्माचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार स्वास्थ्य सेवा कार्यक्रमको विस्तृतिकरण, प्राविधिक सहयोग, जनशक्तिलार्ई तालिम, अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको निश्चितता र गुणस्तर कायम गर्न सहयोग गर्नुको साथै बर्दिबास अस्पतालमा (आईसियू) संचालनका लागि तत्काल धुलिखेल अस्पतालले दक्ष चिकित्सक र आवश्यक जनशक्ति दिने र आपसी सहकार्य बढाइने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलालबकैया नदीको क्षतिग्रस्त बाँधको मेयरसहित सुरक्षा निकायका प्रमुखहरु गरे निरीक्षण
असार २४, २०८१ सोमबार
अर्थ मन्त्रालयका कारण मधेशका मुख्यमन्त्री सिंह संकटमा, सरकार ढल्न सक्ने
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
नेपालबहस संवाददाता
असार २४, २०८१ सोमबार
एमालेमा अर्थमन्त्री भेटिएन, गृह मन्त्रालय नलिन कांग्रेसमा दवाव
असार २४, २०८१ सोमबार
मोरङमा चैते धानको उत्पादन बढ्यो
असार २४, २०८१ सोमबार
पहिरोले अवरुद्ध मुग्लिन-मलेखु सडक पुन: सञ्चालन
असार २४, २०८१ सोमबार
‘विदेशी लगानीका जलविद्युत् आयोजनामा स्वदेशी बैंकले लगानी गर्नु हुँदैन’
असार २४, २०८१ सोमबार
कोरोना भाइरसविरुद्धका १६ लाख ६८ हजार मात्रा खोप आयो
असार २४, २०८१ सोमबार
बङ्लादेशकी प्रधानमन्त्री शेख हसिना चीन प्रस्थान
असार २४, २०८१ सोमबार