नेपालमा सुर्ती मात्र खाएर मृत्यु हुनेको संख्या २७ हजार पुग्यो
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार १३:१२:२७
१२ भदौ, काठमाडौं । सन् २०२२ मा आइपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठनको रिपोर्टमा उल्लेख छ।
सुर्ती सेवनले महिनामा औसत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने जाने गरेको छ। यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा हुने मृत्युसरह हुने डब्ल्यूएचओले जनाएको छ।
आठ वर्षको अवधिमा नेपालमा सुर्तीजन्य पदार्थको सेवनले हुने मृत्युदर भन्डै दोब्बरले बढेको छ। सन् २०१४ मा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक १५ हजार बढीको मृत्यु हुने गर्दथ्यो। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांकअनुसार महिनामा १ हजार २ सय ५० जना र दिनमा ४९ जना, अर्थात् हरेक दिन एउटा हजाईजहाज दुर्घटनामा परे सरहको क्षति हुने गरेको डब्ल्यूएचओले जनाएको छ।
सरकारले आठ वर्ष अघि नै बढ्दो क्रममा रहेको सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गरी मृत्युदर घटाउन विद्यमान कानुनलाई केही संशोधन गरेको थियो। तर, त्यसको कार्यान्वयन गर्न भने अझै भएको छैन।
सुर्ती उद्योगीहरूले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको ८ वर्ष हुँदा समेत अदालतले मुद्दाको किनारा लगाएको छैन। नेपालसमाचारपत्र दैनिकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
तीस लाखको लागतमा बीपी मैदानमा प्यारापिट निर्माण
बैशाख २७, २०८१ बिहिबार
बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
बैशाख २७, २०८१ बिहिबार
महोत्तरीका किसानले पाए उखुको भुक्तानी
बैशाख २७, २०८१ बिहिबार
गुरुङको अन्त्येष्टि परेकाले कांग्रेस संसदीय दलको बैठक सारियो
बैशाख २७, २०८१ बिहिबार
पर्वतका ९१ साना उद्योग बन्द
बैशाख २७, २०८१ बिहिबार
नेपाली बजारमा सुनचाँदीको मूल्य कति पुग्यो ?
बैशाख २७, २०८१ बिहिबार