दक्षिण भारतमा फैलदो ‘टमाटो फ्लू’, सबै भन्दा धेरै बालबालिका प्रभावित
नेपालबहस संवाददाता
भदौ १२, २०७९ आइतबार २२:३७:१२
१२ भदाै, काठमाठाैं । दक्षिण भारतमा ‘टमाटो फ्लू’ भनेर चिनिने नयाँ भाइरस देखापरेको छ । एउटा दुर्लभ भाइरलका रूपमा देखिएको यो भाइरसको संक्रमण भारतमा बढ्दोक्रममा रहेको छ । अहिलेसम्म यो भाइरसबाट १०० जना बालबालिका प्रभावित भएका छन्।
यो भाइरस केरला हुँदै तमिलनाडु र उडिसा राज्यमा फैलिसकेको छ। यसका बारेमा भारत सरकारले एउटा स्वास्थ्य निर्देशन जारी गर्दै सबैलाई सावधान रहन भनेको छ। यो निर्देशिकामा परीक्षण र बचावका उपायका साथै अभिभावकलाई आफ्ना बालबालिकामा आएका स्वास्थ्य समस्याका बारेमा अलि बढी सचेत रहन भनिएको छ।
दक्षिण भारतमा रिपोर्ट गरिएको यो “नयाँ” भाइरसलाई चिकित्सकहरूले हात, खुट्टा र मुखसम्बद्ध रोग (HFMD) को एक प्रकार भएको पुष्टि गरेका छन्। चिकित्सकहरूका अनुसार यो भाइरल संक्रमण प्रारम्भिक अवस्थामा रहेकाले र खतराजनक अवस्था भने नरहेको बताएका छन् । यो रोगको संक्रमण हुँदा छाला रातो हुने र हेर्दा टमाटर जस्तै बिमिरा देखिन्छन् ।
ल्यान्सेट रेस्पिरेटरी मेडिसिनमा प्रकाशित एउटा लेखका अनुसार भारतको केरला राज्यमा ५ वर्षभन्दा कम उमेरका बालबालिकामा टमाटो फ्लू नामक नयाँ भाइरस देखा परेको हो। गत जुलाई २६ सम्म स्थानीय सरकारी अस्पतालमा ५ वर्ष मुनिका ८२ भन्दा बढी बालबालिकामा संक्रमण देखिएको बताइएको छ । यो रोगको प्रमुख लक्षणहरू मध्ये एउटामा टमाटर जस्तै रातो वेल्ट (डावर) शरीरभरि, विशेष गरी हात, खुट्टा र मुखमा देखिनु हो । यी लक्षणहरूसँगै टमाटो फ्लूका संक्रमित बिरामीमा कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षणहरू देखिन्छन्, जस्तै ज्वरो आउनु, थकाइ लाग्नु र जीउ दुख्नु ।
प्रकाशित प्रतिवेदनले इन्फ्लुएन्जाका अन्य प्रकारहरू जस्तै, टमाटो फ्लू पनि धेरै संक्रामक भएको उल्लेख गरेको छ । केरलाबाट भारतका अन्य भागहरूमा यो भाइरसको संक्रमण फैलिन नदिन भाइरस पुष्टि भएका वा शंकास्पद विरामीहरूलाई सावधानीपूर्वक आइसोलेसन लगायतका अन्य सावधानीका उपायहरू पालना गर्न अनिवार्य रहेको सुझाव पनि प्रतिवेदनले दिएको छ।
प्रतिवेदनका अनुसार अन्य बालबालिका वा वयस्कहरूमा संक्रमण फैलिन नदिन लक्षण देखिएको दिन देखि ५–७ दिनसम्म आइसोलेसन विधि अपनाउनु पर्छ। रोकथामको लागि उत्तम उपाय भनेको घर वरपर लगायत वातावरणको उचित सरसफाइ गर्नुका साथै संक्रमित बच्चालाई अन्य गैर-संक्रमित बच्चाहरूसँग खेलौना, कपडा, खाना वा अन्य वस्तुहरू बाँड्नबाट रोक्नु पर्दछ ।
भाइरल संक्रमणबाट जनस्वास्थ्यको सुरक्षा सुनिश्चित गर्न विशेष गरी बालबालिका, वृद्धवृद्धा, इम्युनोकम्प्रोमाइज भएका व्यक्तिहरू र कठिन स्वास्थ्य समस्याहरू भएका व्यक्तिहरूमा औषधीको प्रयोग र खोप सबैभन्दा प्रभावकारी हुनुका साथै खर्चका हिसावले समेत लाभकारी हुने प्रतिबेदनले सुझाव दिएको छ।
अहिलेसम्म, टमाटर फ्लूको उपचार वा रोकथामको लागि कुनै एन्टिभाइरल औषधि वा खोपहरू उपलब्ध छैनन्। प्रतिवेदनले सम्भावित उपचारको आवश्यकतालाई अझ राम्ररी बुझ्न यसबाट हुने गम्भीर परिणामहरू र त्यसको निदानका लागि थप अनुगमन र अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार