पौवादुङमाको विशेष पोषण कार्यक्रम
नेपालबहस संवाददाता
भदौ १५, २०७९ बुधबार २१:४०:६
१५ भदौ, भोजपुर । पौवादुङमा गाउँपालिकाले विषेश पोषण कार्यक्रमको सुरुआत गरेको छ । कुपोषणलाई शून्यमा झर्ने उद्देश्यले गत शुक्रबारबाट कार्यक्रमको सुरुआत गरेको हो ।
नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विषेश पोषण कार्यक्रम सुरु गरिएको हो । बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि अभियानका रुपमा कार्यक्रम संचालन गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । विषेश पोषण कार्यक्रमअन्तर्गत बच्चा जन्मिएदेखिको स्वास्थ्य अवस्था, तौल, खानपिन लगाएतका विषयमा तथ्यांक राख्ने र उनीहरुमा कुनै कारण स्वास्थ्यमा समस्या देखा परेमा गाउँपालिकाले नै स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाइएको छ ।
बच्चाको स्वास्थ्य अवस्थाका बारेमा आमालाई आवश्यक तालिम दिन शुरु गरिएको हो । अभियानअन्तर्गत वडा नं २ तिवारीभञ्याङका २० आमालाई तामिलसँगै आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । बालबालिकालाई लक्षित गरेर तौल जाच्ने मेसिन र पोषण लिटो पनि वितरण गरिएको छ । अभियान छ वटै वडामा संचालन गर्ने जनाइएको छ । आमाले राखेको तथ्यांकका आधारमा आवश्यक पोषण तथा स्वास्थ्य उपचारको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।
बालबालिकाको मानसिक स्वास्थ्य वृद्धि अनुगमन र पोषणा लेखाजोखा गरिने स्वास्थ्य शाखा प्रमुख गेहेन्द्रकुमार उपाध्यायले जानकारी दिए । प्रदेश नं १ बाट यो गाउँपालिका छनोट भएकाले पाइलट प्रोग्रामका रुपमा यो कार्यक्रम संचालन गरिएको उनले बताए । यसबाट आएको उपलब्धि सकारात्मक भएमा प्रदेश १ का अन्य स्थानीय तहमा पनि संचालन हुने उपाध्यायको भनाइ छ ।
बालबालिकाको स्वास्थ्यलाई विषेश ध्यानमा राख्दै प्रदेश सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बच्चा जन्मिएपछि उसको वृद्धि विकास कसरी भइरहेको छ भन्ने विषयमा यो कार्यक्रमले मुख्य ध्यान दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गराउन यहाँका सबै वडाका स्वास्थ्य स्वयं सेविका, आमा समूह, महिला समूहबाट राय सुझाव लिएर कार्यक्रम लागू गरेको भट्टराईको भनाइ छ ।
गाउँपालिकाका बालबालिकालाई प्रयाप्त पोषणको व्यवस्था गरेर कुपोषणलाई शून्यमा झार्ने लक्ष्यले कामको थालनी गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा योजनाबद्ध विकास गरिरहेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार