हेटौँडामा डेङ्गु फैलँदै, ७५० भन्दा बढी संक्रमित
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १२:३४:१८
२३ भदौ, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा अझै पनि डेङ्गुको प्रकोप नियन्त्रणमा आउन सकेको छैन। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिकासहित मनहरी गाउँपालिका, मकवानपुर गढी, थाहा नगरपालिकालगायतका क्षेत्रमा डेङ्गु देखिएको हो।
बुधबारसम्म मकवानपुर जिल्लामा सात सय ५० जना भन्दा बढी डेङ्गु रोगीको पहिचान भएको छ। रोग पहिचान हुने बित्तिकै उनीहरूलाई तत्काल उपचारको व्यवस्था मिलाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। डेङ्गु संक्रमित भएका गम्भीर प्रकृतिका बिरामीलाई काठमाडौँको त्रिभुवन शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र चितवनको भरतपुर अस्पतालमा उपचार गराइरहेका छन्।
केही सामान्य प्रकारका डेङ्गु रोगका बिरामीलाई हेटौँडा अस्पताल तथा चुरेहिल अस्पतालमा उपचार भइरहेको छ। हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ मा बढी डेङ्गु रोगका बिरामी फेला परेका छन्।
हेटौँडा उपमहानगरपालिकाले हेटौँडा नगरको १ देखि १९ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि प्रत्येक वडाको स्थानीय घरमा डेङ्गु रोगविरुद्ध जनचेतना अभियान र लामखुट्टेको लाभा नष्ट गर्ने, सरसफाइ गर्ने कार्य गरिरहेको मेयर मिना लामाले बताए । यसका लागि आवश्यक स्वास्थ्यकर्मीलाई १० खटाइएको छ भने डेङ्गु परीक्षणका आवश्यक कीट पनि अस्पताललाई उपमहानगरपालिकाले उपलब्ध गराएको छ। डेङ्गुको परीक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताउनुभयो।
डेङ्गुको परीक्षणका लागि हेटौंडा अस्पतालमा अहिले दैनिक ६० देखि ७० जना आउने गरेकोमा ५० प्रतिशतमा डेङ्गु पोजिटिभ पाइने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले बताए।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी हेटौंडा ४ मा २८८ जना डेङ्गुबाट संक्रमित भएका छन्। हेटौंडा १ मा, ४९ जना, हेटौंडा २ मा ५१ जना, हेटौंडा ३ मा १७ जना, हेटौंडा ५ मा ८९ जना, हेटौंडा ६ मा ११ जना, हेटौंडा ७ मा ६ जना, हेटौंडा ८ मा ३८ जना, हेटौंडा ९ मा ३९ जना सङ्क्रमित भएका छन्।
यसैगरी हेटौंडा १० मा ६१ जना, हेटौंडा ११ मा २७ जना, हेटौंडा १२ मा १४ जना, हेटौंडा १३ र १६ मा ४/४ जना, हेटौंडा १४, १७ र १९ मा ५/५ जना, हेटौंडा १५ मा ३ जना, हेटौंडा १८ मा १ जना संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुर प्रवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए । यस्तै मनहरी गाउँपालिकामा ५ जना, मकवानपुर गढी गाउँ पालिकामा ४ जना, थाहा नगरपालिकामा १ जना र अन्य २९ जना गरि बुधबारसम्म ७५७ जना सङ्क्रमित भएका छन्।
सन् २००६ मा नेपालमा पहिलो पटक डेङ्गु फैलिएको थियो। बाँके जिल्लाबाट सुरु भएको डेंगु रूपन्देही, चितवन, नवलपरासी, दाङ, कपिलवस्तु लगायतका ९ जिल्लामा फैलिएको थियो।
यो रोग मुख्य त लामखुट्टेको टोकाईबाटै सर्ने गर्छ। एडिस प्रजातिको लामखट्टेबाट यो रोग सर्ने स्वास्थ्यकर्मीको भनाई छ। जापानिज इन्सेफ्लाइटिस गराउने लामखुट्टेले कसैलाई टोक्यो भने त्यो मरिहाल्छ, तर, डेङ्गु सार्ने एउटै लामखुट्टेले धेरै मानिसमा सार्न सक्छ। पानीको स्रोत ढाकेर नराखिने भएका कारण लामखुट्टे बढ्ने वातावरण बनिरहेको छ। अहिले सामान्य डेङ्गु र गम्भीर डेङ्गु भनेर विभाजन गरिएको छ। गम्भीर भनेको नाक, कानबाट रगत बग्ने हुन्छ।
कोषबाट बाहिर निस्किएर शरीरका विभिन्न अङ्गमा पानी भरिएर अन्तत शरीर सुनिएर मान्छेको मृत्यु नै हुन्छ। रोगबाट बच्न मुख्यत सरसफाइ हुनुपर्छ र लामखुट्टेको टोकाईबाट बच्ने र लामखुट्टे नियन्त्रण तथा प्रजननको रोकथाम गर्नुपर्ने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख भोला चौलागाइँले बताए। यस्तै मकवानपुरमा जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट मकवानपुरमा ३ जनाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका –७ का दुई जना र हेटौँडा उपमहानगरपालिका –३ बसामाडीमा एक जनाको ३ दिन अगाडि मृत्यु भएको हो।
साउन र भदौमा १२ जना जापानिज इन्सेफ्लाइटिस शंकास्पद बिरामी फेला परेका थिए। जसमध्ये ४ जनामा जापानिज इन्सेफ्लाइटिस देखापरेको थियो। जापानिज इन्सेफ्लाइटिस पोजेटिभ देखिएका ४ जनामध्ये ३ जनाको मृत्यु भएको सूचना अधिकारी घिमिरेले जानकारी दिए।
यो रोग फैलाउने लामखुट्टे माध्यम आकारका, खैरो रङ्गको र पेटतिर भने सेतो चिन्हहरू भएका हुन्छन्। तीनले प्रायः घाम ढल्किएपछि र अँध्यारो भएपछि टोक्ने उनले बताए। विशेष गरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको स्वास्थ्यकर्मीको भनाई छ।
साउन, भदौ र असोजमा जापानिज इन्सेफ्लाइटिस बढी देखिने भएकोले यो समयमा अझ सजग हुन जरुरी रहेको छ। यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरेपनि केहीको गम्भीर अवस्था सृजना भइ दिमागलाई नै असर गरी मृत्यु हुने गरेको छ। यस रोग लाग्दा धेरै जसोलाई ज्वरो, झाडा पखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी देखिन्छन्।
यस रोगका खतराका लक्षणहरू छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि रहेको छ। खोपको प्रयोगबाट जापानिज इन्सेफ्लाइटिसको रोकथाम हुन्छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुनः पहिरो खसेपछि रोकियो मेची राजमार्गको मर्मतसम्भार
असोज २०, २०८१ आइतबार
पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प
असोज १८, २०८१ शुक्रबार
कोशीमा न्युनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन
असोज ६, २०८१ आइतबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार