राष्ट्र बैंकसहित कर्मचारी प्रशासनमाथि अर्थमन्त्रीले उठाए प्रश्न, जति बुझाउँदा पनि नबुझेको टिप्पणी
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार २३:५:२९
२४ भदौ, काठमाठौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक र विभिन्न मन्त्रालयमा रहेका कर्मचारीहरुले बुझेर पनि काममा बुझ पचाइरहेको आरोप लगाएका छन् । उनले सरकारी कर्मचारीकै कारण ठूला आयोजनाहरूमा लगानी आउन नसहिरहेको दावी गरेका छन् ।
शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयकै कर्मचारीले काम नगर्दा ठूला परियोजनामा आउन लागेको लगानीसमेत आउन नसकेको बताएका छन् । अर्थमन्त्री शर्माले नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउने हेजिङको विषयमा राष्ट्र बैंक र कर्मचारीहरूले नबुझेको दाबीसमेत गरेका छन् ।
आफू उर्जामन्त्री भएका बेला नेपालमा हेजिङको आवश्यकता देखेर हेजिङ चाहिन्छ भन्दा मन्त्रीले देश बर्बाद बनाउने भयो भन्दै कर्मचारीले आफुलाई आरोप लगाएको उनको गुनासो छ । विगत लामो समयदेखि नेपालका ठूला परियोजनामा विदेशी लगानी भित्र्याउन हेजिङ आवश्यक भनेर नियमवाली बनाउने कुरा अगाडि बढे पनि राष्ट्र बैंकका कर्मचारीेसीलाई बुझाउन नसक्दा ठूलो लडाइँ लडेर अहिले मन्त्रिपरिषदबाट हेजिङ सम्बन्धी नियमावली पास गराएको बताए ।
मन्त्री शर्माले नेपालको जलविद्युत् क्षेत्रमा सबैभन्दा बढी हेजिङको आवश्यकता भए पनि हाइड्रो व्यवसायीहरूले समेत नचाहेको दावी गरे । उनले विदेशी लगानी ल्याउन नेपालको वैदेशिक लगानी सम्बन्धी नीति निकै कसिलो भएको बताउँदै वैदेशिक लगानी सम्बन्धी कसिलो नीतिले देश विकास हुन नसक्ने भएका नीति र सोचमा परिवर्तन गर्नुपर्ने भनाई राखे । लगानी भित्राउने नीतिलाई सहज बनाउन कर्मचारीले नचाहेको अरोप शर्माले लगाए ।
उनले वैदेशिक लगानी ल्याउनका लागि परियोजनाको तयारी र परियोजना प्रतिको विश्वाससहित त्यसका नीति, कानुन र व्यवहार राम्रा हुनुपर्नेमा कर्मचारीले त्यो हुन नदिँदा विदेशी लगानीकर्ताले विश्वास नगरेको बताए । सरकारले वैदेशिक ऋण मात्रै लिएर देश चलाउन नसक्ने भन्दै शर्माले मुलुकको उत्पादन बढाउन हाम्रो ढुंगा बिक्री गर्न, काठ काट्न र जडिबुटी बिक्री गर्न पाउनुपर्ने नीतिबनाउन आवश्यक भएको बताए ।
उनले यस्ता स्रोतबाट पुँजी निर्माण गर्नसक्ने पनि औंल्याएका थिए । यस क्रममा उनले आफू उर्जामन्त्री हुँदा नै हेजिङ आवश्यक रहेको भनेको तर अहिलेसम्म फाइनल नभएकोमा असन्तुष्टि जनाए । मन्त्री शर्माले भने, ’मैले राष्ट्र बैंकलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु । ब्युरोक्रेसीलाई हेजिङको विषयमा बुझाउन धेरै मेहनत गरेको छु तर बुझ्दैनन् । हेजिङ चाहिन्छ यो देशलाई भन्दा देश बर्बाद पार्यो मन्त्रीले भन्ने गरिन्छ । हेजिङ जलविद्युतलाई आवश्यक छ तर उसैले चाहिँदैन भन्छ । यसकारण हामीले हाम्रो सोच परिवर्तन गर्नैपर्छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले धितोपत्र बोर्डको संस्थागत शुद्धीकरण गर्ने
जेठ १५, २०८१ मंगलबार
आगामी आर्थिक वर्षबाट जग्गा रोक्का तथा फुकुवा अनलाइन प्रणालीबाट हुने
जेठ १५, २०८१ मंगलबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ
जेठ १६, २०८१ बुधबार
उत्तर कोरियाबाट फोहोरले भरिएका बेलुन दक्षिणतर्फ पठाइएको दावी
जेठ १६, २०८१ बुधबार
जापानका अनुसन्धानकर्ताद्वारा विश्वको पहिलो काठको उपग्रह निर्माण
जेठ १६, २०८१ बुधबार
गण्डकीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता पाण्डे नियुक्त
जेठ १६, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दवावका लागि अमेरिकन राजदूतावासतिर लागे युवा
जेठ १६, २०८१ बुधबार