न्युन रक्तचापका कारणहरु, लक्षण र घरेलु उपचार
नेपालबहस संवाददाता
भदौ २८, २०७९ बुधबार १:०:१०
♦ डा. आनन्द सिंह
२८ भदाै, काठमाडाैं । हामीकहाँ उच्च रक्तचापलाई मात्र समस्या मानिन्छ । चर्चा पनि उच्च रक्तचापकै हुन्छ । उच्च रक्तचापमा के खाने, के गर्ने, के नगर्ने भन्ने जस्ता कुरा हुन्छ । तर, न्युन रक्तचापको बारेमा खासै चर्चा हुँदैन । जबकी उच्च रक्तचाप जति खतरापूर्ण हुन्छ, उत्तिनै न्युन रक्तचाप पनि । त्यसो त न्युन रक्तचाप झेल्नेहरुको संख्या पनि उत्तिनै छ ।
सामन्यतय रक्तचाप ९०/६० वा त्यो भन्दा कम छ भने त्यसलाई न्युन रक्तचाप अर्थात लो ब्लड प्रेसरको समस्या छ । उच्च रक्तचापलाई जति गंभिर रुपमा लिइन्छ, न्युन रक्तचापलाई पनि उत्तिकै सामान्य रुपमा लिइन्छ ।
न्युन रक्तचाप( Low blood pressure) भनेको के हो ?
जब हाम्रो शरीरमा रगतको प्रवाह सामान्य भन्दा कम हुन्छ (समान्य माथिको १२०/ तलको ८० )त्यसलाई कम रक्तचाप भनिन्छ भने चिकित्सा विज्ञान को भाषामा यसलाई (hypotension) हाइपोटेंसन भने गरेको छ । रक्तचाप धेरै कम हुनु पनि उच्च रक्तचाप जत्तिकै खतरनाक हुन्छ। कम रक्तचापको स्थितिमा अक्सिजन र अन्य पोषक तत्व मुटु , दिमाग र मिर्गौला तथा शरीरको विभिन्य अंगहरुमा सुचारु रूपले पुग्न पाउदैन,जसको कारणले अन्य रोगले पनि आक्रमण गर्ने खतरा पनि बढ्छ ।
कम रक्तचापका (hypotension) कारणहरु
कम रक्तचाप का मुख्य कारण खान पिनमा पोषक तत्वको कमी, शरीरमा पानीको कमी, शरीरमा रगतको कमी, त्यो संगै तनाव, हर्मोनको असन्तुलन, हाई एन्टिबायोटिक औषधिको प्रभाव, मुटुको असामान्य धड्कन आदि हुन।
कम रक्तचाप (hypotension) को लक्षणहरु:
थकान महसूस हुने , शारीरिक स्फूर्ति कम हुने , झन्झट महसुस हुने , चक्कर लाग्ने , मन आतिने , स्मरण शक्ति कमजोर हुने , हाथखुट्टा चिसो हुने , आखा अगाडि कालो बादल देखिने , बेहोश हुने , श्वास फेर्न गाह्रो हुनु इत्यादि प्रमुख लक्षण हो ।
न्युन रक्तचाप (hypotension) को घरेलु उपचार :
एक गिलास सादा पानीमा आधा चम्मच नुन मिलाएर पिउदा तुरुन्त फाइदा गर्छ । स्वादानुसार नुन र पानी को घोल मा कागती , चिनी या मह पनि मिलाउन सकिन्छ कफी या कैफिन युक्त चीजको सेवनले पनि निम्न रक्तचापका बिरामीले तुरन्त फाईदा हुन्छ।
दैनिक एक २०-२५ दाना किसमिसलाई एक कचौरा पानीमा रातभर भिजाएर छोड्ने र बिहान खाली पेटमा चपाएर खाने र त्यही भिजेको पानीसंगै पिउनाले लोप्रेसर बढ्ने गर्छ ।
एक कप गाजरको रस र आधा कप पालकको रस एक साथ मिलाएर दिनहुँ पिउदा निम्न रक्तचाप (hypotension) मा छिटो फाइदा पुग्छ ।
टमाटर या गाँजरको रस दैनिक एक कप बिहान र साँझ पिएमा कम रक्तचाप (hypotension) धेरै चाडो सामान्य हुने गर्दछ ।
एक चम्चा मह र २ चम्मच अमलाको रस मिलाएर दैनिक पिउदा पनि धेरै फाइदा हुन्छ । कम रक्तचाप (hypotension) हुने ले खानामा हींगको उपयोग गर्दा फाइदा हुन्छ ।
खानामा पोष्टिकतत्व तत्वहरु लिनु, हरियो तरकारी , ताजा फलफुलको रस खान साथै टुसा पलाएको चना गेडागुडीको दैनिक खाने ।
पुदीना, पालक, अदुवा धनिया र मेथी को पात या तरकारी दैनिक खाने गरौ ।
ध्यान दिनुपर्ने सुझावहरु:
खाना खादा एकै चोटी धेरै न खाने बरु थोरै थोरै गरि धेरै पटक खाने !
खानामा कार्बोहाइड्रेट युक्त चीज जस्तै भात , ब्रेड र आलूको प्रयोग सके सम्म कम गर्ने !
ध्रुम्रपान , मदिरापान नगर्ने !
नियमित रूपमा बिहान र साझ २ पटक व्यायाम गर्ने !
खाना खाए पछि ५/१० मिनेट हिडडुल गर्नाले कम रक्तचापको बिरामीलाइ फाइदा हुने कम रक्तचाप भएमा चक्कर लाग्ने तथा धेरै नै कम भएमा बेहोस हुनेसम्म हुन्छ।
शरीरमा पानीको मात्रा कम हुँदा रक्तचाप कम हुन थाल्छ। मुटुलाई स्वस्थ राख्न शरीरमा पानीको मात्रा कम हुन दिनु हुँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार
गौशाला धर्मशालाको व्यबस्थापन पशुपति विकास कोषले गर्ने
असोज २०, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
इप्पानद्वारा विद्युत् बिक्री सम्झौताको स्वागत
असोज २०, २०८१ आइतबार