निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएका न्यायाधीश र कानूनव्यवसायीलाई समितिले पठायो पत्र
नेपालबहस संवाददाता
भदौ २९, २०७९ बुधबार १९:२९:३४
२९ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले सर्बोच्च आदालतका न्यायाधीश र कानूनव्यवसायीलाई बयानका लागि पत्राचार गरेको छ । बुधबार बिहान बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधी जबराले नाम तोकेका व्यक्तिहरुको बयान लिन बोलाउने निर्णय गरेपछि उनीहरुलाई पत्र पठाइएको हो ।
महाभियोगमा लागेका आरोपको बयान दिने क्रममा जबराले नाम लिएका सर्वोच्च अदालतका न्यायाधीश र कानूनव्यवसायीसँग प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले भोली (बिहीबार) देखि बयान लिने भएको छ । समिति सचिव लक्ष्मी गौतमका अनुसार बिहीबार बिहानदेखि सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीलाई छलफलमा बोलाउने निर्णय भएको छ ।
बयानका क्रममा जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, प्रतिनिधिसभाको दोस्रो विघटनविरुद्धको मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराईको नाम लिएका थिए । त्यस्तै, न्यायाधीश प्रकाशमानसिंह राउतको पनि जबराले नाम लिएका थिए ।
जबराले नेपाल बार एसोसिएसनका तत्कालीन अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेललाई पनि जबराले न्यायाधीशलगायत मागेको र आफूले नदिएपछि आन्दोलनमा उत्रिएको बताएका थिए । त्यस्तै, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल, अधिवक्ता ओमप्रकाश अर्याललयातको नाम जबराले लिएका थिए ।
सबैलाई बिहीबार बोलाएर छलफल गर्ने निर्णय भएको छ । समितिको बैठकले राजनीतिक दलका नेताहरुलाई भने छलफलमा नबोलाउने भएको छ । जबराले बयानका क्रममा विभिन्न राजनीतिक दलका नेताहरुको नाम समेत लिएका थिए । दलका नेतालाई नबोलाउने निर्णय बैठकले गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिनको सूचीमा नअटाएको माओवादी निकट गतिशील सहकारीको २ अर्ब हिनामिना
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दिल्लीको तापक्रम ४९.९ डिग्री सेल्सियस, पानीको अभाव हुन सक्ने चेतावनी
जेठ १६, २०८१ बुधबार
भीमफेदीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु
जेठ १६, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेशसभाः संसदीय दलका नेताको आधिकारिकतामा विवाद
जेठ १६, २०८१ बुधबार
महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
जेठ १६, २०८१ बुधबार
१६ जिल्लाका सीडीओसहित गृहका २५ जना सहसचिवको सरुवा (सूचीसहित)
जेठ १६, २०८१ बुधबार
विकल पौडेललाई थुनामा पठाउने अदालतको आदेश
जेठ १६, २०८१ बुधबार
हाजिरी जमानीमा छुटे कैलाश सिरोहिया
जेठ १६, २०८१ बुधबार